३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा बाढीका कारण ४६ जनाको मृत्यु



अ+ अ-

क्वाललम्पुर । मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ ।यहाँ केही दिनयतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो । यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् ।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ । साथै ती क्षेत्रमा अझै पनि भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । (रासस-सिन्ह्वा)