१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

तोकिएकै समयमा आकाशे पुल सम्पन्न नहुने

तोकिएकै समयमा आकाशे पुल सम्पन्न नहुने
अ अ+ अ-

काठमाडौं । काठमाडौंमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानको रुपमा रहेका नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ ।

आगामी महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले जगको काम मात्रै भएकाले समयमै सम्पन्न नहुने देखिएको हो ।

सांकेतिक तस्बिर

डिभिजन सडक कार्यालय काठमाडौँले गत चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आकाशे पुल निर्माणका कतिपय काम बाँकी रहेकाले एक महिनामै सम्पन्न हुने नदेखिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “आकाशे पुल निर्माणको काम भइरहेको देखिए पनि समयमै सकिने अवस्था देखिएको छैन ।”

ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युत्को पोललगायतका संरचनाका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो । अहिले निर्माणका क्रममा कुनै अवरोध नभएको इञ्जिनीयर सुदर्शन कार्कीले बताउनुभयो । यस स्थानमा महानगरपालिकाको आकाशे पुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो ।

अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशे पुल निर्माण गरिरहेको छ ।