९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको २०२७ बजेट प्रस्तावः रक्षा खर्च बढाउँदै, घरेलु कार्यक्रममा कटौती



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा खर्च बढाएर १ ट्रिलियन ५०० बिलियन डलर बनाउन प्रस्ताव गर्नुभएको छ ।

यो दशकमा सबैभन्दा ठूलो रक्षा खर्चको अनुरोध हो र यसले राष्ट्रपति ट्रम्पको प्राथमिकता अमेरिकी सैन्य लगानीमाथि केन्द्रित रहेको देखाउँछ । यो रक्षा खर्चमा करिब ४४ प्रतिशतको वृद्धि अपेक्षित छ ।

बजेट निर्देशक रस्सल भौग्टका अनुसार, “राष्ट्रपतिको प्राथमिक उद्देश्य राष्ट्रिय सुरक्षा संरचनामा पुनः लगानी गर्नु हो, ताकि हाम्रो देश खतरनाक विश्वमा सुरक्षित रहोस् ।”

राष्ट्रपतिको वार्षिक बजेट प्रशासनको मूल्य प्राथमिकता देखाउने दस्तावेज हो, तर यसले कानुनी शक्ति राख्दैन । यस वर्ष बजेट दस्तावेजले राष्ट्रपति र काङ्ग्रेसबीच मार्गचित्रको काम गर्ने उद्देश्य राखेको छ । काङ्ग्रेसले आफ्नै बजेट र वार्षिक विनियोजन विधेयक तयार गर्ने क्रममा यसलाई मार्गदर्शनको रूपमा प्रयोग गर्न सक्छ ।

इरान युद्धबारे राष्ट्रलाई सम्बोधन गर्नुअघि ट्रम्पले सैन्यलाई आफ्नो प्राथमिकता भएको सङ्केत दिनुभएको थियो । उहाँले कार्यक्रममा भन्नुभयो,“हामी युद्धमा लडिरहेका छौँ, हामी बालसङ्ग्रहालय र स्वास्थ्य सेवामा ध्यान दिन सक्दैनौँ । यी सेवाहरू राज्य स्तरबाट सम्भव छन्, सङ्घीय स्तरबाट होइन ।”