१ भाद्र २०८३, सोमबार
,
Latest
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट इतिहासको पानाबाट : यसरी सुरु भयो मानार्थ महारथीको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु



अ+ अ-

काठमाडाैँ । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भिर घाइते भएकी थिइन् ।

उनको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए।

ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा आएकी आचार्य खेल्ने क्रममा झ्यालबाट खसेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।