१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

सोमेश्वरगढीमा मुख्यमन्त्री

सोमेश्वरगढीमा मुख्यमन्त्री
अ अ+ अ-

चितवन । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन माडीस्थित सोमेश्वरगढी क्षेत्रको आज बिहान अवलोकन गर्नुभएको छ ।

सो क्षेत्रमा कुँदिएका मूर्ति र निर्माणाधीन गोलपार्कको उहाँले अवलोकन गर्नुभएको हो ।

मुख्यमन्त्री पौडेलले नेपाल भारत सिमाना सोमेश्वरगढीस्थित रहेका स्तम्भ र त्यहाँको अवस्थाका बारेमा पनि जानकारी लिनुभयो ।

सो अवसरमा उहाँले माडी पर्यटकीय हब बन्ने बताउनुभयो । उहाँले सोमेश्वर क्षेत्रमा कुँदिएका मूर्तिले पर्यटकलाई आकर्षित गर्ने भन्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले माडीको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

“माडीमा निर्माण भइरहेका योजनाले विकासको गोरेटो कोरिएको छ, यसले दीर्घकालसम्म उत्तिकै महत्व राख्दछ”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारका तर्फबाट माडीमै विशेष कार्यक्रम गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री पौडेलले जनाउनुभयो ।

यसैगरी उहाँले माडीमा शुरु गरिएको सामूहिक खेती, मदन बाटिका पार्क, तटबन्धन र माछापोखरीको समेत अवलोकन गर्नुभयो । सो क्रममा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालले माडीमा निर्माण भइरहेका योजनाका बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।