२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिठ्ठा पर्यो भन्दै १५ करोड ठगी गर्ने तिन जना पक्राउ



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले चिठ्ठा परेको भन्दै विभिन्न मानिसलाई भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको पाइएको महाशाखाले जनाएको छ। अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गर्दै दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार उनीहरूले ठगी गरेको रकमको केही प्रतिशत कमिसनस्वरूप राखेर बाँकी रकम भारतमा पठाउने गरेको खुलेको छ। ‘अनुसन्धानअनुसार अहिलेसम्म १४ करोड ६९ लाख ९१ हजार रुपैयाँ कारोबार भएको देखिन्छ,’ महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले भने, ‘१५ देखि २० प्रतिशत रकम कमिसन राख्ने गरेको पाइएको छ।’

उनीहरूले ठगी गरेको उजुरी लिएर १५ जना पीडित प्रहरीको सम्पर्कमा आएको महाशाखाले जनाएको छ। चिठ्ठाबापत केही पैसा बुझाउनुपर्छ भन्दै उनीहरूले मानिसहरूलाई फकाउने र पैसा बुझेपछि बेपत्ता हुने गरेको पाइएको छ।

उनीहरूको सम्पर्क कृषि विकास बैंक लहान शाखाको पाँच करोड ठगीका मुख्य योजनाकार अफ्रिकन नागरिक पिटरसँग देखिएको कार्कीले बताए। ‘ठगी गरेको रकम पिटरलाई पठाउने गरेको देखिएको छ,’ उनले भने, ‘उनीहरू पिटरसँग मिलेर ठगी धन्दामा संलग्न रहेका छन्।’

कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार अफ्रिकन नागरिक पिटर हुन्। उनी मुम्बईमा रहेको प्रहरीले दाबी गरे पनि हालसम्म पत्ता लाग्न सकेको छैन।