१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग



The White House in Washington DC at summer day. The White House is home of the President of the United States of America, Washington DC, USA.
अ+ अ-

वासिङ्टन । ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेट माग गरिएको खर्च प्रस्ताव संसद्मा पठाएको छ ।

अमेरिकाले इरानसँग युद्ध गरिरहँदा अधिकारीले रक्षा खर्चमा वृद्धि गर्ने प्रस्ताव गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनको कुल वार्षिक खर्चमा भएको वृद्धि दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो हुनेछ। यद्यपि राष्ट्रपतिको बजेट इच्छा प्रस्ताव सूची मात्र हो जुन बाध्यकारी आदेश नभई यसलाई अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्नुपर्नेछ।

प्रस्तावमा लेखिएको छ, “सन् २०२६ को बजेटले यो बर्षका लागि ऐतिहासिक एक ट्रिलियन डलरको समग्र रक्षा खर्च निर्धारण गरेको थियो । नयाँ प्रस्तावमा सन् २०२७ को लागि कुल बजेट स्रोतहरूमा १.५ ट्रिलियन डलर रक्षा बजेको लागि अनुरोध गरिएको छ।”

प्रस्तावमा भनिएको छ, “यो चार खर्ब ४५ अर्ब वा सन् २०२६ को कुल संसाधन स्तरबाट ४२ प्रतिशत वृद्धि हो।” (रासस/एएफपी)