१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

चलचित्र पर्यटन : छायाङ्कनका लागि नेपाल

चलचित्र पर्यटन : छायाङ्कनका लागि नेपाल
अ अ+ अ-

काठमाडौं । मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नेपाल चलचित्र पर्यटनका लागिसमेत आकर्षक गन्तव्य हो ।

नेपालको यही विविधतालाई विश्वसामु पुर्याउने प्रयास प्रभावकारी नहुँदा विदेशी चलचित्रकर्मीको आकर्षण भने न्यून छ । सरकारले नीति तथा कार्यक्रममा नै ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ समावेश गरेर चलचित्र पर्यटनको विकास गर्ने योजना अघि सारेको छ ।

चलचित्र छायाङ्कनका लागि प्राकृतिक स्टुडियो झैँ लाग्ने नेपालको विविधताबारे बाह्य देशका चलचित्र निर्माता र निर्देशकमाझ जानकारी दिई उनीहरुको ध्यान आकर्षित गराउन सके मुलुकले लिएको समृद्ध नेपालको लक्ष्य पूरा गर्न सकिने चलचित्रकर्मी बताउँछन् ।

प्राकृतिक सुन्दरताले भरिएको नेपालका बारेमा उचित प्रचारप्रसार नहुनु र भौतिक संरचना बनाउन नसक्नुलाई प्रमुख चुनौती मानिँदै आएको छ । यद्यपि काभ्रेमा २४ रोपनी क्षेत्रफलमा सरकारीतहबाट छायाङ्कन स्टुडियो बनाउने प्रक्रिया हुनुलाई चलिचत्रकर्मीले सकारात्मक सङ्केतका रुपमा लिएका छन् । निजी क्षेत्रको पहलमा लमजुङमा पनि चलचित्र छायाङ्कन स्थल निमाणको प्रक्रिया थालिएको छ ।

नेपाल चलचित्र विकास बोर्डले हालै मात्र विश्वका चलचित्रकर्मीमाझ नेपालको परिचय झल्काउने गरी ‘लोकेसन गाइड बुक’ ९फिल्मिङ इन नेपाल० प्रकाशन गरेर नेपाललाई छायाङ्कन गन्तव्यस्थलका रुपमा विकास गर्ने सरकारी योजनामा इँटा थप्ने काम गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न त्यसको पूर्वसन्ध्यामा नेपालको आकर्षक गन्तव्यको परिचय दिने गरी प्रकाशन गरिएको पुस्तकले चलचित्र पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको बोर्डका अध्यक्ष केशव भट्टराईले बताउनुभयो ।

उक्त पुस्तकमा चलचित्र पर्यटनलाई विकास गर्न ६१ प्रमुख सम्भाव्यस्थलको विस्तृत विवरण खुल्ने तस्वीरसहित चलचित्र छायाङ्कन गन्तव्यस्थल समावेश गरिएको छ । अध्यक्ष भट्टराईले भन्नुभयो, “सुन्दर नेपाललाई छायाङ्कन गन्तव्यका रुपमा विकास गर्न गाइड बुक बनाइएको हो, यसमा सूचनाका साथै सवारी यात्रा र हवाई यात्राको रुटबारे पनि जानकारी छ ।” बोर्डले अब नेपालका छायाङ्कन स्थलका बारेमा पूर्ण जानकारीसहितको वेबसाइट र श्रव्यदृष्य सामग्री ल्याउने तयारी गरेको छ ।

संसारका आठ हजार मिटरमाथिका अग्ला १४ हिमालमध्ये आठ हिमाल नेपालमा छ । विश्वमै सबैभन्दा पहिले आरोहण भएको आठ हजार मिटरमाथिको हिमालमध्ये कास्कीमा रहेको अन्नपूर्ण हो । फ्रान्सेली नागरिक मोरिस हर्जोग र लुइस लेकेननले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम ९८,०९१ मिटर अग्लो० आरोहण गरेका थिए । हिमाल सुन्दर र चित्ताकर्षक पनि छ ।

विश्वकै अग्लो चुचुरो (८,८४८ मिटर) सगरमाथा र विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीले विश्वकै ध्यान तानिरहेको छ । अभूतपूर्व कला र संस्कृतिको सङ्गम नेपालमा उचित वातावरण निर्माण गर्न सकिए विश्वका निर्देशक, लेखक, कवि तथा कलाकारका लागि उत्प्रेरणा जगाउने चलचित्र निर्माणको उपयुक्त गन्तव्यस्थल बन्न सक्छ । नेपाललाई विश्वकै चलचित्रकर्मीको छायाङ्कन गन्तव्यस्थल बनाउन सक्ने प्रशस्त सम्भावना छ, चलचित्रकर्मी दयाराम दाहालले भन्नुभयो ।

अथाह सम्भावना भएर पनि मुलुकमा जुनरुपमा विदेशी सिनेकर्मीको आकर्षण हुनुपर्ने हो, त्यो हुन नसके पनि बेलाबेलामा स्वस्फूर्त विदेशी चलचित्र छायाङ्कन हुने गरेको छ । सन् १९६५ देखि नै नेपालका दृश्यमा लोभिएर विदेशी चलचित्र छायाङ्कन गरिएको अभिलेख छ । बोर्डले हालै सार्वजनिक गरिएको पुस्तकमा नेपालमा ३८ विदेशी चलचित्र छायाङ्कन भएको विवरण प्रस्तुत गरेको छ ।

हिमाल, पहाड र तराईको विविधताले भरिएको नेपाल ताल, नदी, झरना, वनजङ्गल र वन्यजन्तु, चराचुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विकस्थल, मठ मन्दिर, गाउँपरिवेश, कला, संस्कृति, वेशभूषा र रहनसहनको अनुपम सङ्गम हो ।

मनोरम हिमशृङ्खलाले घेरिएको र प्राकृतिक छठाले भरिपूर्ण नेपालका स्थानीय जातजातिले गर्ने स्वागत सत्कार विश्वकै नौलो र आकर्षक मानिन्छ । संस्कारले भरिएका मानिस यहाँ छन् । दुर्लभ पाटे बाघ, हात्ती, गैँडाजस्ता जङ्गली जनावरको बासस्थान र स्तूप, प्यागोडा र शिखरशैलीका मन्दिर, उत्सव, चाडपर्व, जिउँदो देवीदेवता यहाँका छुट्टै पहिचान हुन् ।

चलचित्रकर्मी दाहालले नेपालका विविध पक्षलाई समेटेर ६१ वटा प्रमुख गन्तव्यको ५२२ तस्वीर समावेश गरी बनाएको ‘लोकेसन गाइड बुक’ नेपाल भ्रमण वर्षका लागि मात्रै नभई चलचित्र पर्यटनको विकासमा कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसमा नेपालमा छायाङ्कन भएका विदेशी चलचित्रको विवरणसहित चलचित्र छायाङ्कनमा कसरी अनुमति लिएर काम गर्न सकिन्छ भन्ने आधारभूत जानकारी राखिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल जातजाती, भाषाभाषी, संस्कृति र प्रकृतिको अनुपम सङ्गम रहेकाले मुलुकको सुन्दरता, संस्कृति, कला, साहित्य र जीवन पद्दति विश्वमा लैजानु जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपाल ‘जीवनमा आधारित क्यान्भास’ हो, लक्ष्य प्राप्तिका लागि त्यसलाई नेपाली कूटनीतिक नियोगमार्फत विश्वका सिनेकर्मीमाझ पुर्याउनुपर्छ ।”

यस्तै उचित प्रचार नहुँदा नै नेपालमा सन् १९६५ मा फ्रेन्च भाषामा विदेशी चलचित्र छायाङ्कन भएको अभिलेख छ । त्यो बेला काठमाडौँ, पाटन र स्वयम्भूमा चलचित्र छायाङ्कन गरिएको थियो । त्यसपछि पनि बेलाबेलामा विदेशी चलचित्र नेपालको दृश्य समेटेर बन्दै आएको छ ।

कोरियाका लि सेओक उनको निर्देशनमा चलचित्र निर्माता जेके योङले सन् २०१५ मा ‘द हिमालयज’ चलचित्र बनाउनुभयो । सगरमाथा क्षेत्रमा उक्त चलचित्र छायाङ्कन गरिएको थियो । बेलायतका कलाकारले सन् २०१५ मै अङ्ग्रेजी भाषामा ‘एभरेष्ट’ चलचित्र बनाएका थिए । सन् २०१९ मा भारतका चलचित्र निर्देशक राजकुमार गुप्ताले ‘इन्डियन्स मोष्ट वान्टेड’ चलचित्रको छायाङ्कन काठमाडौँ, पोखरा र वीरगञ्जमा गर्नुभयो ।

सन् १९६५ देखि २०१९ सम्म विभिन्न भाषाका ३८ चलचित्र नेपालमा छायाङ्कन भएको अभिलेख बोर्डसँग छ । अङ्ग्रेजी, चिनियाँ, कोरियाली, फ्रान्सेली, हिन्दी, तामिल, तेल्गु, डोल्पो (तिब्बती), क्यान्टोनिज, जापानी र स्पेनी भाषाका चलचित्र छायाङ्कन भएको थियो ।

सबैभन्दा बढी हिन्दी चलचित्र छायाङ्कन गरिएको छ । प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेशी चलचित्र निर्देशक तथा निर्मातालाई आकर्षण गर्न भने नसकिएको स्वयं कलाकार नै स्वीकार्छन् । विश्व चलचित्रको बजारमा उचित जानकारी दिन सकिए वर्षमै दुई÷तीन विदेशी चलचित्र नेपालमा छायाङ्कन हुनसक्छ ।