२४ भाद्र २०८३, बुधबार
,
Latest
चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने लेखा समितिको ठहर



अ+ अ-

काठमाडौं । विज्ञहरुले सिमेन्टको गुणस्तर कम हुने गरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले हालै सरकारले परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोकर्णबहादुर मोत्राले नेपालमा पाइने ९० प्रतिशत भन्दा बढी चुन ढुंगामा ३ प्रतिशत अघुलनशील पदार्थ (म्याग्रेसियम अक्साइड) पाइने र सिमेन्ट बनाउने क्रममा १ दशमलव ६ प्रतिशत बढ्ने बताउनुभयो । यो पदार्थ सिमेन्टमा घुल्न नसक्ने भएकाले नेपालको भौगोलिक अवस्थालाई हेरेर पनि यसको मात्रा ५ प्रतिशत भन्दा बढी बनाउन नहुने उहाँले बताउनुभयो ।

त्यस्तै सह–प्रध्यापक लुतनप्रसाद भट्टराईले म्याग्रेसियमको मात्रा ५ बाट ६ प्रतिशत पुर्याउँदा ५/१० वर्षमा नै संरचनाहरु फुट्ने र भत्कने खतरा रहने बताउनुभयो । उहाँले म्याग्रेसियमको मात्रा बढाउनै पर्ने भए सिमेन्टको प्रयोग कुन संरचनामा गर्न मिल्छ खुलाउनु पर्ने बताउनुभयो ।

तत्कालिन उद्योग मन्त्री मातृका प्रसाद यादवको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को गत आसार १८ गते बसेको बैठकले सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ (म्याग्रेसियम अक्साइड) को मात्रा ५ प्रतिशतबाट ६ प्रतिशतमा बढाउने निर्णय गरेको थियो । त्यस्तै अर्को अघुलनशील पदार्थ (आइआर)को मात्रा २ प्रतिशतबाट ४ प्रतिशत पु¥याइएको थियो । परिषदले २०५५ सालमा तय भएको उक्त मापदण्डलाई परिवर्तन गरेर नयाँ मापदण्ड तयार गरेपछि सिमेन्टको गुणस्तर कमजोर बनाउन लागिएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको हो । छलफलमा विज्ञहरुले म्याग्रेसियमको मात्रा जति कम भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो हुने भन्दै पुरानै व्यवस्था कायम गर्न सुझाव दिएका छन् । त्यस्तै सांसदहरुले उद्योगीहरुको दवावका कारण सिमेन्टको गुणस्तर घट्ने गरी कच्चापदार्थको परिमाणमा परिवर्तन गरिएको हुनसक्ने भन्दै त्यसलाई पुरानै अवस्थामा कायम गर्नुपर्ने बताएका छन् ।