१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने लेखा समितिको ठहर



अ+ अ-

काठमाडौं । विज्ञहरुले सिमेन्टको गुणस्तर कम हुने गरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने बताएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले हालै सरकारले परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोकर्णबहादुर मोत्राले नेपालमा पाइने ९० प्रतिशत भन्दा बढी चुन ढुंगामा ३ प्रतिशत अघुलनशील पदार्थ (म्याग्रेसियम अक्साइड) पाइने र सिमेन्ट बनाउने क्रममा १ दशमलव ६ प्रतिशत बढ्ने बताउनुभयो । यो पदार्थ सिमेन्टमा घुल्न नसक्ने भएकाले नेपालको भौगोलिक अवस्थालाई हेरेर पनि यसको मात्रा ५ प्रतिशत भन्दा बढी बनाउन नहुने उहाँले बताउनुभयो ।

त्यस्तै सह–प्रध्यापक लुतनप्रसाद भट्टराईले म्याग्रेसियमको मात्रा ५ बाट ६ प्रतिशत पुर्याउँदा ५/१० वर्षमा नै संरचनाहरु फुट्ने र भत्कने खतरा रहने बताउनुभयो । उहाँले म्याग्रेसियमको मात्रा बढाउनै पर्ने भए सिमेन्टको प्रयोग कुन संरचनामा गर्न मिल्छ खुलाउनु पर्ने बताउनुभयो ।

तत्कालिन उद्योग मन्त्री मातृका प्रसाद यादवको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को गत आसार १८ गते बसेको बैठकले सिमेन्ट उत्पादनमा प्रयोग हुने अघुलनशील कच्चा पदार्थ (म्याग्रेसियम अक्साइड) को मात्रा ५ प्रतिशतबाट ६ प्रतिशतमा बढाउने निर्णय गरेको थियो । त्यस्तै अर्को अघुलनशील पदार्थ (आइआर)को मात्रा २ प्रतिशतबाट ४ प्रतिशत पु¥याइएको थियो । परिषदले २०५५ सालमा तय भएको उक्त मापदण्डलाई परिवर्तन गरेर नयाँ मापदण्ड तयार गरेपछि सिमेन्टको गुणस्तर कमजोर बनाउन लागिएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको हो । छलफलमा विज्ञहरुले म्याग्रेसियमको मात्रा जति कम भयो त्यति नै सिमेन्टको गुणस्तर राम्रो हुने भन्दै पुरानै व्यवस्था कायम गर्न सुझाव दिएका छन् । त्यस्तै सांसदहरुले उद्योगीहरुको दवावका कारण सिमेन्टको गुणस्तर घट्ने गरी कच्चापदार्थको परिमाणमा परिवर्तन गरिएको हुनसक्ने भन्दै त्यसलाई पुरानै अवस्थामा कायम गर्नुपर्ने बताएका छन् ।