१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

बसाइँसराइले मासिँदै लोक संस्कृति

बसाइँसराइले मासिँदै लोक संस्कृति
अ अ+ अ-

डोटी । सुदूरपश्चिमका पहाडी जिल्लाबाट स्थानीयवासी तराई क्षेत्रमा वर्षेनी बसाइँसराइ गर्न थालेपछि यहाँको लोकसंस्कृति मासिँदै जान थालेको छ ।

स्थानीयवासीको बसाइँसराइसँगै पछिल्लो समय यहाँका पहाडी जिल्लामा मनाइने लोकसंस्कृति लोप हुँदै जान थालेका छन् । बसाइँसराइसँगै पुराना तथा लोकसंस्कृतिको जगर्ना गर्ने पनि तराईतिर जान थालेपछि यहाँको लोक संस्कृति लोप हुने खतरामा पुगेको हो ।

फायल फोटो

बसाइँसराइकै कारण यहाँका पहाडी जिल्लामा बजाइने पञ्चैबाजा, हुड्के नाच, पुतलापुतली नाच, लाखे नाच, भुँवा नाच, पुराना डेउडा नाचलगायतका संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । पहाडी समुदायका मानिस निरन्तररूपमा बसाइ सरेर तराई केन्द्रित हुँदा पहाडी संस्कृति मासिँदै जान थालेको दिपायल राजपुरका बृद्ध कुँवेरजङ्ग शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “बसाइँसराइसँगै यहाँका लोकसंस्कृति पनि लोप हुने अवस्थामा परेका छन्, लोकसंस्कृति जोगाउनका लागि भए पनि अब बसाइँसराइ रोक्नु जरुरी छ ।”

पहाडी क्षेत्रको रीतिरिवाज, चालचलनमा बसेका मानिस अर्कै ठाउँमा पुग्दा मौलिक संस्कृति स्वतः गुम्ने खतरा हुने गरेको सायल गाउँपालिकाका सिद्धराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडी क्षेत्रको संस्कृति तराईमा खासै प्रयोग नहुने भएकाले यहाँका मानिस तराई जाँदा त्यो संस्कृति त्यतिकै लोप हुन थालेको छ ।”

पछिल्लो समय डोटीलगायत यहाँका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला, बैतडी तथा बझाङबाट तराई झर्ने मानिसको सङ्ख्या बढ्दो छ । बसाइँसराइसँगै पहाडका गाउँघर खाली हुने गरेका जोरायल गाउँपालिका–५ का डम्बर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बसाइँसराइले बस्ती त खाली हुने नै भए हाम्रा पहाडी संस्कृति लोप हुँदै गएको छ ।” पहाडमा सामूहिक रूपमा मनाइने चाडपर्वलाई समेत बसाइँसराइले निकै प्रभाव पारेको उहाँको भनाइ छ ।

संस्कृतिका विषयमा जान्ने व्यक्तिहरूले बसाइँ सर्दा संस्कृति नै लोप हुने अवस्थामा पुगेको दिपायलका समाजसेवी घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कृतिका विषयमा जान्नेहरु नै बसाइ सरेर गएपछि पहाडमा कसरी संस्कृतिको जगेर्ना हुनु नि ।” तराई बसाइँसराइसँगै आफ्ना मौलिक संस्कृति भुल्दै जाने क्रम बढेकाले कालान्तरमा पहाडी क्षेत्रको संस्कृति नै लोप हुने खतरा रहेको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट निरन्तर बसाइँसराइ भइरहेकाले यसलाई रोक्न पहाडी क्षेत्रको विकास गर्नुपर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहाडी क्षेत्र हराभरा गर्नु छ र यहाँको संस्कृति जोगाउनु छ भने पहिले बसाइँसराइ रोक्नुपर्छ र यहाँको विकासका काममा बढी ध्यान दिनु जरुरी छ ।” पहाडी क्षेत्रमा सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यमा मानिसको पहुँच सहज गराउन सकियो भने बसाइँसराइ दर रोक्न सकिने उहाँको भनाइ छ । यहाँका ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उचित शिक्षा, स्वास्थ्य उपलब्ध गराउन सकिए पहाडको बसाइँसराइको दर घटाउन सकिने सामुदायिक विकास मञ्च ९सिडिएफ० डोटीका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई उचित शिक्षा, स्वास्थ्य उपलब्ध गराउन सकिए बसाइँसराइ दर घट्नेछ, पहाडी क्षेत्रको विकास पनि हुने छ ।”

यस क्षेत्रको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, सडकजस्ता आधारभूत कुरामा नागरिकको सहज पहुँच बनाउन स्थानीय तहले विशेष ध्यान दिनु जरुरी भएको उहाँको भनाइ छ ।

सङ्घ, प्रदेश र स्थानीय तहले गाउँको विकासमा बढी ध्यान दिएमा पहाडबाट हुने बसाइँसराइ रोक्न सकिने पूर्वअध्यक्ष सिंहले दाबी गर्नुभयो । त्यस्तै पहाडी क्षेत्रमा आयआर्जन गर्न सकिने खालका कार्यक्रम अगाडि बढाउँदा यहाँको बसाइँसराइ रोक्न सकिने शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा स्थानीय नागरिकलाई आयआर्जन गर्न सकिने खालका कार्यक्रम मात्रै लागू गर्ने हो भने यहाँको बसाइँसराइ अवश्य रोकिने छ ।”