१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु

पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु
अ अ+ अ-

भक्तपुर । जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि निर्माण शुरु भएको छ ।

विसं १९९१ मा जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलिए पनि अलपत्र परी झाडीमा परिणत भएको उक्त सडकको साँगाबाट पुनःनिर्माण शुरु भएको हो । पूर्वउद्योगमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा सो सडकको निर्माण कार्य शुरु भएको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतले भन्नुभयो, “जुद्ध शमशेरको पालमा निर्माण भई यो सडक यतिका वर्ष अलपत्र रह्यो, हाम्रो पहलमा बल्ल यो सडकले पूर्णता पाउने काम शुरु भएको छ, यो सडक निर्माणसँगै साँगादेखि जोरपाटीसम्म वैकल्पिक सडकको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।”

अरनिको राजमार्ग जोड्ने उक्त सडक आठ मिटर चौडाइ र १।५ किलोमिटर नालीसहितको सडकको निर्माण तथा स्तरोन्नतिको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पुनःनिर्माण प्राधिकरणको रु एक करोड ५० लाखको लागतमा निर्माण भइरहेको उक्त सडक अबको केही महिनामा मै सम्पन्न भई पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

सो सडकको निर्माण सम्पन्न भएपछि काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा हुने सवारी जाम तथा दुर्घटना न्यूनीकरण हुने उहाँको भनाइ छ ।