१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मध्यपूर्वमा जारी तनावका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाई

मध्यपूर्वमा जारी तनावका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाई
अ अ+ अ-

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिच जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिले विभिन्न देशमा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण हवाई उडान प्रभावित हुँदा हालसम्म ३८ जना नेपाली नागरिकको शव नेपाल ल्याउने प्रक्रिया रोकिएको र आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ वटा शव स्वदेश ल्याउन बाँकी रहेका छन् । प्रवक्ता क्षेत्रीले शव ल्याउने प्रक्रिया सुरु भइसकेको र सरकार यसलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।

उहाँका अनुसार मध्यपूर्व क्षेत्रमा जारी आक्रमणका घटनामा हालसम्म एक नेपालीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । साथै, असुरक्षित अवस्थामा रहेका नेपालीहरूको विवरण संकलन तथा सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ८६ हजार ४ सय २० जनाले आफ्नो विवरण दर्ता गराएका छन् ।

प्रवक्ता क्षेत्रीले ट्रान्जिटमा अलपत्र परेका सबै नेपाली नागरिकको व्यवस्थापन भइसकेको पनि जानकारी दिए। कुवेतमा रहेका दुई नेपालीले साउदी अरबको भिसा प्राप्त गरिसके पनि उनीहरू हाल आफ्नै इच्छाअनुसार कुवेतमै रहेको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय असुरक्षित रहेको भन्दै सम्पर्क गर्ने नेपालीहरूको संख्या क्रमशः घट्दै गएको छ भने सरकार उद्धार तथा सुरक्षा व्यवस्थापनमा निरन्तर समन्वयमा रहेको जनाएको छ ।