६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाकाे नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित



अ+ अ-

काठमाडाैँ । जुम्लाकाे सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरेको छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम शीर्षकअन्तर्गत सिंजाको चुलेलगाँउ–नराकोट–धापा–कोटघर–कुनौटा हुँदै लौडीसिम लुड्कु–हाटसिंजा सडक स्तरोन्नतिका स्रोत सुनिश्चित भएको हो ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले रु १५ करोड १९ लाख बजेटसहित बहुवर्षीय स्रोत सुनिश्चित भएको जानकारी दिनुभयो । यसैबीच नरोकाट बजारदेखि हाटसिंजासम्मको पाँच किलोमिटर सडक कालोपत्र गर्नेका लागि पहिलो चरणमा आइतबार रु ११ करोडको ठेक्का आह्वान गरिएको छ । सडक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको रारा तालसम्म जाने पर्यटन र वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयलाई निकै सहज हुने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

प्रदेश सरकारले जिल्लाको समस्यालाई बुझेर उक्त बजेटको स्रोत सुनिश्चित गरेको र अब समयमै गुणस्तरीय काम सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने उहाँको आग्रह छ । स्रोत सुनिश्चित भएपछि आगामी तीन वर्षभित्र सडक योजना सम्पन्न गरी सञ्चालनमा ल्याइने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।