२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार



अ+ अ-

काठमाडाैँ । पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा ३.८९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा औद्योगिक क्षेत्रको सशक्त प्रदर्शनका कारण भएको सरकारी तथ्याङ्कले जनाएको छ । पाकिस्तान तथ्याङ्क विभागका अनुसार औद्योगिक क्षेत्र ७.४० प्रतिशतले वृद्धि भई अर्थतन्त्रको प्रमुख चालक बनेको छ ।

सेवा क्षेत्र ३.६९ प्रतिशत र कृषि क्षेत्र १.७६ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्क राष्ट्रिय लेखा समितिको ११६औँ बैठकबाट अनुमोदन गरिएको हो । उक्त समितिले पहिलेका तथ्यांकहरूमा पनि केही संशोधन गरेको छ । पहिलो त्रैमासको आर्थिक वृद्धि दर ३.७१ प्रतिशतबाट घटाएर ३.६३ प्रतिशत कायम गरिएको छ । कृषि र औद्योगिक क्षेत्रको तथ्यांक घटाइएका कारण यस्तो संशोधन गरिएको हो ।

पहिलो त्रैमासमा कृषि क्षेत्रको वृद्धि २.७२ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धि ८.८६ प्रतिशत कायम गरिएको छ । सेवा क्षेत्र भने केही सुधार भई २.४४ प्रतिशत पुगेको छ । वार्षिक आधारमा हेर्दा, आर्थिक वर्ष (सन् २०२३–२४) को कुल गार्हस्थ उत्पादन वृद्धि दर २.६३ प्रतिशतबाट घटाएर २.६२ प्रतिशत गरिएको छ भने आर्थिक वर्ष (२०२४–२५) को वृद्धि दर ३.०९ प्रतिशतबाट घटाएर ३.०६ प्रतिशत कायम गरिएको छ ।

दोस्रो त्रैमासमा प्रमुख बाली उत्पादनमा केही गिरावट आए पनि पशुपालन तथा सम्बन्धित क्षेत्रहरूमा सुधार देखिएकोले कृषि क्षेत्रमा सामान्य वृद्धि कायम भएको छ । औद्योगिक क्षेत्रको वृद्धि ठूलो मात्रामा उत्पादन उद्योग, निर्माण कार्य तथा विद्युत् र उपयोगिता सेवाहरूको विस्तारबाट सम्भव भएको हो ।

उत्पादन उद्योग मात्र ५.७१ प्रतिशतले विस्तार भएको छ । सेवा क्षेत्रले पनि स्थिर वृद्धि कायम गरेको छ, जसमा थोक तथा खुद्रा व्यापार, यातायात, वित्तीय सेवा तथा सार्वजनिक सेवाहरूको योगदान रहेको छ ।