३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित पीएसजी च्याम्पियन्स लिगको नकआउटमा प्रवेश



अ+ अ-

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा अपराजित हुने कीर्तिमान कायम गर्ने क्रममा पीएसजीले गलातासारेलाई ५–० गोल अन्तरले पराजित गर्यो ।

मौरो ईकार्डीले दिलाएको अग्रतालाई पाब्लो सर्वियाले दोब्बर बनाउने काम गरेका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । यस सिजनको च्याम्पियन्स लिगमा नेयमारको पहिलो गोल हो ।

केलियन एमबाप्पले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका हुन् । खेल सकिन ६ मिनेट अघि ईडिन्सन काभानीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ५–० को प्रभावशाली जित दिलाए ।