३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिससको ह्याट्रिकमा सिटीको शान्दार जित



अ+ अ-

ग्याब्रियल जिससको ह्याट्रिकमा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा डायनामो जाग्रेबलाई हराएको छ । बुधबार राति भएको खेलमा डायनामो जाग्रेबलाई ४–१ गोल अन्तरले म्यान्चेष्टर सिटीले हराएको हो । सिटीको जितमा जिससले ह्याट्रिक गरेका थिए । मुख्य फरवार्ड सर्जियो अग्युरो चोटका कारण बाहिरीएपछि सिटीको आक्रमण सम्हाल्ने जिम्मेवारी जिससले पाए।

उनले पछिल्ला पाँच खेलमा पाँच गोल गरेका थिए । खेलको ३४ औ मिनेटमा पहिलो गोल गरेका उनले ५० औ मिनेटमा दोस्रो र ५४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । फोडिनले ८४ औ मिनेटमा सिटीका लागि चौथो गोल गर्न सफल रहे ।खेलमा अग्रता भने जाग्रेबले खेलको १० औ मिनेटमा ओल्मोको गोलबाट लिएको थियो ।

समूह सीको खेलमा सिटीले १४ अंक जोड्दै समूह विजेताको रुपका नकआउट चरण प्रवेश गर्यो । जाग्रेब ५ अंक सहित पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो ।