३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहम दोस्रो लेगमा समेत पराजित



अ+ अ-

बार्यन म्युनिखले टोटेनहम हट्सपरलाई च्याम्पियन्स लिग फुटबलमा पुन हराएको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा टोटेनहमलाई ३–१ गोल अन्तरले बार्यनले हराएको हो । दुवै टिम यसअघिनै नकआउट चरण प्रवेश गरिसकेका थिए । समूह बीबाट बार्यन समूह विजेता र टोटेनहम उपविजेता भन्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

पहिलो लेगको खेलमा बार्यनले टोटेनहमलाई ७–२ गोल अन्तरले हराएको थियो । दोस्रो लेगमा समेत बार्यनले टोटेनहमविरुद्व सहज जितनै निकाल्यो । किंग्स कोमनले १४ औं मिनेटमा गोल गर्दै घरेलु टोली बार्यनलाई सुरुवाती अग्रता दिलाएका थिए । रायन सेसजेनले २० औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल फर्काए ।

४५ औ मिनेटमा थोमस मुलरले गोल गर्दै बार्यनलाई अग्रता दिलाउने काम गरेका थिए । ६४ औ मिनेटमा काउटिन्होले गोल गर्दै बार्यनलाई ३–१ को जित दिलाउन सफल रहे । समूह विजेता बार्यनले १८ अंक जोड्न सफल रह्यो । उपविजेता टोटेनहमले १० अंक जोड्यो ।