१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नकआउट चरणमा ‘एट्लेटिको मड्रिड’



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिड नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति समूह डीको खेलमा लोकोमोटिभ मस्कोलाई २–० गोल अन्तरले पराजित गर्दै एट्लेटिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । खेलको १७ औं मिनेटमा किरन ट्रिप्पियरले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जोआओ फिलिक्सले ५४ औ मिनेटमा भली गोलमार्फत एट्लेटिकोको जित सुनिश्चित गरे । समूह डीमा युभेन्ट्स १६ अंक सहित समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।

एट्लेटिको १० अंक सहित उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो । समूहको तेस्रो स्थानको लिभरकुसनले मात्र ६ अंक जोड्यो ।