३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलियन चम्किँदा रियल मड्रिडलाई सहज



अ+ अ-

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा सहज जित आत्मसाथ गरेको छ । बुधबार राति भएको खेलमा रियलले क्लब ब्रुगिसलाई ३–१ गोल अन्तरले हराएको छ । यस अघिनै नकआउट चरणमा प्रवेश गरिसकेको रियल मड्रिडका लागि समूह चरणको अन्तिम खेलको नतिजा खासै अर्थपुर्ण थिएन ।

समूह एको विजेताको रुपमा पीएसजी र उपविजेताको रुपमा रियल अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । १८ बर्षिया रोड्रिगोले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो ओड्रियोजोलाको क्रसलाई सदुपयोग गर्दै उनले ५३ औं मिनेटमा भालीमार्फत गोल गर्न सफल रहे ।त्यसको दुई मिनेटपछि घरेलु टोलीका हान भनाकेनले खेल बराबरीमा ल्याएका थिए । भिनिसियस जुनियरले ६४ औं मिनेटमा गोल गर्दै रियललाई अगाडी बढाउने काम गरे ।

खेलको ईन्जुरी समयमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । रियल पछिल्ला १० खेलमा अपराजित छ । क्लबले ग्यारेथ बेललाई बैकल्पिक खेलाडीको रुपमा प्रयोग गरेन । क्लब ब्रुगिस तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो । समूह एको खेलमा उसले ३ अंक बटुल्यो । दोस्रो स्थानको रियलको ११ अंक रह्यो ।