३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिकी नेता डेस्मण्ड टुटुको निधन



अ+ अ-

जोहानेसबर्गः दक्षिण अफ्रिकाका अश्वेत नेता एवं धार्मिक गुरु डेस्मण्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ ।

दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यालयले आर्कबिशप टुटुको निधन भएको घोषणा गरेको छ । अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाका साथी रहेका टुटुले रंगभेद विरोधी आन्दोलनमा संघर्ष गरेका थिए ।

नोबेल शान्ति पुरस्कार पाइसकेका टुटुको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले भन्नुभएको छ, “दक्षिण अफ्रिकालाई दासताबाट मुक्त गराउने एक महान व्यक्तिलाई गुमाउनु परेकामा हामी ज्यादै दुखित छौं ।”

सन् १९९० को दशकमा उहाँलाइ क्यान्सर रोग लागेको पत्ता लागेको थियो । उहाँलाइ पटकपटक अस्पताल भर्ना गरिएको थियो ।