१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

‘राष्ट्रिय खोप कार्यक्रमलाई सशक्त ढङ्गले लैजानुपर्छ’

‘राष्ट्रिय खोप कार्यक्रमलाई सशक्त ढङ्गले लैजानुपर्छ’
अ अ+ अ-

विराटनगर । राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा र रुबेला खोप अभियानलाई सशक्त, प्रभावकारी र सफल बनाउनुपर्ने आवश्यकतामाथि सहभागीहरुले जोड दिएका छन् । परिवार कल्याण महाशाखाद्वारा बुधबार यहाँ आयोजित कार्यक्रमका सहभागीहरुले सन् २०२३ सम्ममा मुलुकलाई दादुरा र रुबेलामुक्त बनाउन यो अभियानलाई सशक्त ढङ्गले लैजानुपर्ने सुझाव दिएको छ । आगामी फागुन १ देखि फागुन मसान्तसम्म चल्ने सो अभियानअन्तर्गत दादुर, रुबेला नौ महिनादेखि पाँच वर्षसम्मका र पोलियो थोपा जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई अनिवार्य खुवाउनुपर्ने अभियानको लक्ष्य छ ।

देशभरिमा पाँच वर्षमुनिका ३० लाख र जन्मेदेखि पाँच वर्षका करिब १५ लाख बालबालिका यो अभियानमा सहभागी हुनेछन् । यस प्रदेशमा करिब पाँच लाख बालबालिका हुनसक्ने प्रारम्भिक अनुमान स्वास्थ्य निर्देशनालय धनकुटाको छ । खोप अभियानसँगै यस वर्ष खोप प्रमाणपत्र वितरण गर्ने र यसमा खोपको अवस्था कस्तो छ बुझिने तथा आगामी कार्यक्रम एवं योजना बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी दक्ष एवं तालीम प्राप्त हुनुपर्ने बताउँदै खोपसँगै स्वास्थ्य बीमाको कार्यक्रम लैजान सकियो भने आम नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । “सरकारको लगानी एवं छात्रवृत्तिबाट चिकित्सक बनेका स्वास्थ्यकर्मी दुर्गम जान नमान्नु दुर्भाग्य हो”, उनले भने, “कर्मचारीले क्षमता प्रयोग नगर्ने, आदेश र निर्देशनमा पर्खेर बस्ने प्रवृत्तिले काममा ढिलाइ भइरहेको हुँदा यस्तो प्रवृतिको अन्त्य हुनुपर्छ ।”

सामाजिक विकास समितिका सभापति सरिता थापाले यो अभियानलाई सफल बनाउन समितिको तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख चन्द्रदेव मेहताले सरकारको हरेक उद्देश्यलाई पूरा गर्न निर्देशनालय तत्पर छ भने । बाल स्वास्थ्य तथा खोप सेवा महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको कारणले बिरामी र अपाङ्गता घटाएको छ भने । खोप अधिकृत भरतमणि भण्डारीले खोपमुक्त मुलुक बन्न नसक्नुका कारण प्रारम्भिक खोप लिने र पछि नलिने हो भने ।