२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

उधौली पर्वको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देश



अ+ अ-

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पार्टीका तर्फबाट आज एक शुभकामना सन्देश जारी गर्दै उनले विभिन्न सुमदायका यस्ता सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रिय एकतामा एकताबद्ध गर्न सकेको बताएका छन् । सन्देशमा उनले सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरुले थप मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने वर्तमान सरकार र पार्टीको स्पष्ट रणनीति रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान भएका, सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो भनेका छन् ।