१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग्य जनशक्तिले स्थान पाउनुपर्छ: डीन शर्मा



अ+ अ-

पोखरा । त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताएका छन् । जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उनले अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने किसिमको योग्य जनशक्ति तयार गर्ने गरी शैक्षिक संस्था लाग्नुपर्ने बताए ।

शैक्षिक उन्नयन र दक्ष जनशक्ति उत्पादनमा जनप्रिय बहुमुखी क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले क्याम्पसमा एमबिए, हस्पिटालिटी म्यानेजमेण्ट कार्यक्रम स्वीकृत भएकोमा बधाई दिए । गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले गुणस्तरीय शिक्षा आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गर्दै छिमेकी मुलुक चीनसँग व्यापार र पर्यटन जोड्नुपर्ने भएकाले चिनियाँ भाषा ऐच्छिकरुपमा पढाउन आग्रह गरे ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिबद्धता जनाए । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ विभिन्न खेलकूद, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र सामूहिक नृत्य प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, शिल्ड, मेडल र नगद प्रदान गर्नुका साथै क्याम्पसले सञ्चालन गरेको विभिन्न छात्रवृत्तिबाट उत्कृष्ट विद्यार्थीलाई सम्मानित गरिएको थियो ।

प्रातः र दिवा सत्रमा पाँच हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका एक हजार ९६ सामूदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ ।