१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

योग्य जनशक्तिले स्थान पाउनुपर्छ: डीन शर्मा

योग्य जनशक्तिले स्थान पाउनुपर्छ: डीन शर्मा
अ अ+ अ-

पोखरा । त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा डा डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताएका छन् । जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उनले अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने किसिमको योग्य जनशक्ति तयार गर्ने गरी शैक्षिक संस्था लाग्नुपर्ने बताए ।

शैक्षिक उन्नयन र दक्ष जनशक्ति उत्पादनमा जनप्रिय बहुमुखी क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले क्याम्पसमा एमबिए, हस्पिटालिटी म्यानेजमेण्ट कार्यक्रम स्वीकृत भएकोमा बधाई दिए । गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले गुणस्तरीय शिक्षा आजको अपरिहार्य आवश्यकता रहेको उल्लेख गर्दै छिमेकी मुलुक चीनसँग व्यापार र पर्यटन जोड्नुपर्ने भएकाले चिनियाँ भाषा ऐच्छिकरुपमा पढाउन आग्रह गरे ।

क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिबद्धता जनाए । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फ विभिन्न खेलकूद, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरी जवाफ र सामूहिक नृत्य प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, शिल्ड, मेडल र नगद प्रदान गर्नुका साथै क्याम्पसले सञ्चालन गरेको विभिन्न छात्रवृत्तिबाट उत्कृष्ट विद्यार्थीलाई सम्मानित गरिएको थियो ।

प्रातः र दिवा सत्रमा पाँच हजार विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका एक हजार ९६ सामूदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ ।