६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदबाटै दलित समुदायसँग लामिछानेको सार्वजनिक क्षमायाचना



रबि लामिछाने
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको उपेक्षामा परेको दलित समुदायसँग प्रतिनिधि सभाबाट सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले दलित समुदायमाथि वर्षौँदेखि भएको विभेद, अन्याय र उपेक्षाप्रति राज्यका तर्फबाट माफी माग्नुपर्ने आवश्यकता औँल्याउँदै सो क्षमायाचना व्यक्त गरेका हुन्।

सभापति लामिछानेले सांसद खगेन्द्र सुनारको उदाहरण दिँदै निर्वाचन प्रक्रियाका क्रममा उनीमाथि उठेका विवाद र त्यसपछि उहाँले गरेको क्षमायाचनाको प्रसङ्ग उल्लेख गरे। त्यस क्रममा उनले प्रश्न गर्दै भने राज्यले अहिलेसम्म दलित समुदायसँग कहिल्यै माफी माग्यो?

उनले सदनमा सम्बोधन गर्दै दलित समुदायमाथि भएको व्यवहारलाई साधारण अन्याय मात्र नभई संरचनागत र संगठित अपराधका रूपमा व्याख्या गरे । लामिछानेले वर्षौँदेखि भइरहेको विभेदप्रति राज्यका तर्फबाट औपचारिक रूपमा क्षमायाचना आवश्यक रहेको धारणा राख्दै संसदबाटै त्यसको घोषणा गरे ।

उनले राज्यका विभिन्न निकायबाट भएका कमजोरीका कारण दलित समुदायले लामो समयदेखि पीडा भोग्दै आएको उल्लेख गर्दै अब त्यसप्रति सामूहिक जिम्मेवारी लिनुपर्ने बताए ।