१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका

दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
अ अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जैविक मार्ग क्षेत्रमा पर्ने बन्दा ताल आसपासकै क्षेत्रमा विश्वकै दुर्लभ चरा राजधनेश र राज लाहाचे फेला परेपछि संरक्षणको प्रयासको थालनी गरिएको छ । बन्दा ताल क्षेत्रको जैविक विविधता जोगाउन नगरपालिकाले चासो देखाउन थालेको हो ।

बन्दा ताल क्षेत्रमा दुर्लभ प्रजातिका चरा पाइन थालेपछि संरक्षणका लागि योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन भइरहेको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । “जैविक मार्ग आसपासका पुरिँदै गएका ताललाई पुरानै अवस्थामा फर्काउने कार्य गरिएको छ”, उहाँले भन्नुभयो, “तालको सरसफाइसँग पुर्नभरणको कार्य गरी ताललाई पुरानो अवस्थामा फर्काएका छौँ ।”

दुर्लभ तथा अन्य प्रजातिका चरा र जीवजन्तु संरक्षणका लागिसमेत संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम अगाडि बढाउन इच्छुक रहेको उहाँले बताउनुभयो । नेपाल पक्षी संरक्षण सङ्घ र नेपाल ग्रामीण विकास केन्द्रले गरेको पक्षी सर्वेक्षणका क्रममा जैविक मार्ग क्षेत्रमा लोपोन्मुख पक्षीसहित ८८ प्रजातिका चरा देखिएका थिए ।

अङ्गे्रजीमा गे्रट हर्न बिल भनिने हेलमेट जस्तो रङ्गिन शिर भएको राजधनेश धेरै वर्षपछि पहिलोपटक देखापरेको नेपाल पक्षी संरक्षण सङ्घका जीव विज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार प्रायजसो सानो सानो झुण्डमा देखिने यो पक्षी हेर्दा निकै नै सुन्दर र आकर्षक हुन्छ । यसलाई स्थानीय भाषामा होमराई पनि भनिन्छ जसको अर्थ जङ्गलको राजा भन्ने हुन्छ ।

हाल नेपालमा राजधनेशको सङ्ख्या १५० भन्दा कम रहेको अनुमान गरिएको छ । नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित नौ पक्षीमध्ये राजधनेश पनि एक हो । राजधनेशलाई साइटिस अनुसूची–१ मा सूचीकृत गरिएको छ । गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला र बुढा रुखका टोड्कामा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ ।

राजधनेशको भालेले पोथीलाई अण्डा पारेपछि बच्चा नहुर्कञ्जेलसम्म टोड्कामा रहेको गुँडमा नै थुनेर राख्छ । धनेश दम्पतीले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पूरै टाल्छन् र त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा तथा आहारा लिने गर्छ । ओथारो अवधिभर पोथीलाई र तत्पश्चात् बच्चालाई पनि भालेले नियमितरुपमा बाहिरबाट आहारा खुवाउने गर्छ ।

“सम्भवत यही स्वभावका कारणले होला राजधनेशलाई पत्नीवर्ता पक्षी पनि भनिन्छ”, डगौराले भन्नुभयो, “प्रकृतिमा भएका कतिपय हानिकारक किराफट्याङ्ग्रा, मुसा तथा छिपकली खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्यचक्र गतिशील राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ, विभिन्न बिरुवा तथा फलफूलको बीउ विस्तार र वितरणमा उल्लेख्य योगदान पुर्याउने हुँदा यसलाई जङ्गलको किसान पनि भनिन्छ ।” खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रको वातावरणीय सूचक पनि मानिन्छ ।

राज लाहाचे पनि लाहचेमध्येको सबैभन्दा ठूलो हो र यसलाई स्वस्थ बनको सूचकका रुपमा लिइन्छ । समुन्द्र सतहबाट ३०० मिटरको उचाइसम्म पाइने राज लाहाचेको सङ्ख्या नेपालमा २५० भन्दा कम रहेको अनुमान गरिएको छ । पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला तथा पुराना रुखको अभावमा राजधनेश र राज लाहाचेको सङ्ख्या दिनानुदिन घटिरहेको बताइएको छ ।
पछिल्ला दशकमा खासगरी मानवीय क्रियाकलापको परिणामस्वरुप बासस्थान सङ्कुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग, बद्लिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले थुप्रै प्रजातिका चराले सङ्कट झेलिरहेका छन् ।

हालसम्म नेपालबाट आठ प्रजातिका चरा लोप भइसकेका छन् भने विश्वमै दुर्लभ मानिएका ४४ प्रजाति र १६८ प्रजातिका चरा राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा रहेका बताइउको छ । नेपालमा बासस्थान विनाश नै चराका लागि मुख्य खतरा हो । त्यसका कारण ८६ प्रतिशत चरा सङ्कटापन्न अवस्थामा पुगेका डगौराले बताउनुभयो ।