१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

विद्यालयमा डिजिटल साक्षरता अभियान

विद्यालयमा डिजिटल साक्षरता अभियान
अ अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाका सात वटा सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु भएको छ । पठनपाठनमा सुधार गर्ने र आधुनिक प्रविधिसँग नजिक बनाउने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान शुरु गरेको हो ।

‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ मूल नाराका साथ चैनपुर नगरपालिकास्थित शारदा माध्यमिक विद्यालयमा कार्यक्रम गरेर डिजिटल साक्षरता अभियान शुरु गरिएको छ । अभियानको उद्घाटन गर्दै चैनपुर नगरपालिकाका प्रमुख भरत खत्रीले प्रदेश सरकारको अभियान निकै महत्वाकाङ्क्षीसँगै महत्वपूर्ण पनि रहेको बताउनुभयो । प्रदेश सरकारको अभियानलाई सहयोग गर्नु स्थानीय सरकारको कर्तव्य रहेको खत्रीको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका शैक्षिक गुणस्तर सुधार अभियान कार्यान्वयन समितिका अध्यक्ष उपेन्द्र दाहालले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि पठनपाठनमा कम्प्युटर प्रयोग गर्नुपर्ने देखिएको बताउनुभयो । प्रदेशका सबै सामुदायिक विद्यालयमा तत्काल डिजिटल साक्षरता शुरु गरिने भन्दै १० वर्षभित्र प्रदेशका सबै विद्यालयलाई ‘पेपरलेस’ बनाउने प्रदेश सरकारको नीति रहेको दाहालले बताउनुभयो । उहाँले प्रदेशभरका छनोटमा परेका १०० विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु गरिसकिएको जानकारी दिनुभयो ।

सङ्खुवासभामा चालू आर्थिक वर्षमा डिजिटल साक्षरता अभियान शुरु गर्ने विद्यालयमा धर्मदेवी नगरपालिकाको रामेश्वर मावि, पाँचखपन नगरपालिकाको बाना मावि, सिलिचोङ गाउँपालिकाको सगरमाथा मावि, चैनपुरको शारदा मावि तथा खाँदबारी नगरपालिकाको मनकामना रत्न अम्बिका मावि तुम्लिङटार, हिमालय मावि खाँदबारी र महेन्द्र मावि मानेभञ्ज्याङ छन् ।

प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न अनुदान व्यवस्थापन, शिक्षक तालीम व्यवस्थापन र विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार निर्देशिका २०७६ समेत छनोटमा परेका विद्यालयलाई उपलब्ध गराउनेछ । प्रदेशले दोस्रो चरणमा ११२ विद्यालय छनोट गरी कार्यक्रम अघि बढाउने भएको छ ।

प्रदेशभरका सामुदायिक विद्यालयमा सरकार, निजी क्षेत्र र साझेदार संस्थाबीचको साझेदारीमा सूचना प्रविधिमा आधारित शिक्षा शुरु गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष दाहालले बताउनुभयो ।