४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

ऐतिहासिक कोतघर जीर्णोद्धार गरिँदै

ऐतिहासिक कोतघर जीर्णोद्धार गरिँदै
अ+ अ-

बागलुङ । चौबिसे राज्यका पालाको गलकोट कोतघर जीर्णोद्धार गरिने भएको छ । गलकोट नगरपालिका–३ स्थित कोतघरबाट २१३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए ।

गलकोट राज्यका पहिला राजा जितारी मल्लले बनाएको कोतघर संरक्षणमा नगरपालिका कस्सिएको हो । कोतघर जीर्णोद्धार नगर गौरवको योजनामा छ । चालू आवमा रु ५० लाख बजेट छुट्याइएको छ । आकर्षक सम्पदास्थलका रुपमा विकास गर्ने लक्ष्यसहित कोतघरको विकास र संरक्षणको काम अघि बढाइएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । “ऐतिहासिक र पुरातात्विक महत्व झल्कने गरी कोतघरको बृहत् जीर्णोदार गर्दैछौँ”, उहाँले भन्नुभयो ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनुपूर्व वडाले सरोकार भएका पक्षसँग छलफल÷परामर्श गरिरहेको छ । जग्गा व्यवस्थापन र घेराबारलगायत पूर्वाधार तयारीका काम यही वर्ष हुने वडाध्यक्ष भण्डारीको भनाइ छ । कोतघरले झण्डै सात रोपनी सार्वजनिक जग्गा चर्चेको छ । संरचना बनाउँदा अपुग हुने जग्गा किनेरै भए पनि थप्ने योजना नगरपालिकाको छ । कोतघरसँगै रहेका इष्टदेवी र भगवतीको मन्दिरसमेत जीर्णोद्धार गरिनेछ । तत्कालीन राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए ।

राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भएका छन् । “झिँगटीले छाएको भुइँतले दरबार थियो, अहिले पनि जगमा इँटाका अवशेष भेटिन्छन्”, गलकोट बहुमुखी क्याम्पसका प्रमुख एवं इतिहास विषयका अध्यापक कृष्णप्रसाद गौतमले भन्नुभयो । उहाँका अनुसार कोतघर पनि पहिले झिँगटीको थियो । विसं २०४० तिर पुनःनिर्माण गरी ढुङ्गाले छाइएको हो । कोतघरका झ्याल, ढोका भने पुरानै छन् । जीर्णोद्धार गर्दा मौलिकता जोगाउनुपर्ने अध्यापक उहाँको सुझाव छ । कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन् ।

तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यति बेलैका मूर्ति, शिला आदि छन् । मन्दिरमा अहिले पनि हरेक वडादशैँ र चैते दशैँमा विशेष पूजा गरिन्छ । चैत्राष्टमीमा त कोतघरमा मेला नै लाग्छ । कोतघरको प्रवद्र्धनमा ‘गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च’ पनि सक्रिय छ । नगर प्रमुख भरत शर्मा गेरैले कोतघर गलकोटकै ऐतिहासिक धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले कोतघरको विकासमा जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । “कोतघर गलकोटकै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन्छ”, उहाँले भन्नुभयो ।

विसं १६३१ देखि १८४४ सम्म कोतघर रहेको ठाउँबाट गलकोट राज्य सञ्चालन भएको इतिहासमा उल्लेख छ । त्यसबेला गलकोट चौबिसे पर्वत राज्यअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । गोलो पहाडको टाँकुरामा दरबार तथा कोतघर निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ । चौबिसे राज्यअन्तर्गतको स्वतन्त्र गलकोट राज्यका अन्तिम राजा जगतबम मल्लसम्मले सोही कोतघरबाट शासन चलाएका थिए ।

विसं १८४४ मा गोरखा राज्यमा एकीकरण भएपछि गलकोटमा रजौटाको शासन शुरु भयो । नेपालको एकीकरणपश्चात् मल्ल राजा हटिया बजार नजिकको राजघरा हुँदै वडा नं ५ हरिचौरको सर्दाखेत सरेका थिए । उक्त दरबार अहिले पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । दरबारको उचित संरक्षण भने हुन सकेको छैन ।