१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

जनताका समस्या सुन्दै जनप्रतिनिधि

जनताका समस्या सुन्दै जनप्रतिनिधि
अ अ+ अ-

काठमाडौँ । जनताका साझा समस्या समाधानको प्रयासमा काठमाडौँ महानगरपालिका वडा नम्बर ४ ले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत वडामा रहेका १० टोलका जनतमाझ पुगेर प्रदेशसभा सदस्य र वडाका प्रतिनिधिले साझा समस्या बुझ्नुका साथै समाधानको प्रयास गर्न थालेका छन् । यही मङ्सिर १७ गतेदेखि शुरु गरिएको कार्यक्रम अहिलेसम्म चार ठाउँमा सम्पन्न भएको वडाध्यक्ष मोहन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो बालुटार, टुसाल, तल्लो बालुवाटार र चुनदेवीमा कार्यक्रम गरी जनताका समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको छ ।

यो कार्यक्रम वडाअन्तर्गतका प्रगति टोल, दीपज्योति–दीपसागर, गैरीगाउँ विशालनगर, चण्डोल, अन्नपूर्ण मार्ग र धन्यन्तरी आनन्दनगर मार्गमा पनि गरिने वडाध्यक्ष विष्टले बताउनुभयो । जनप्रतिनिधिसमक्ष जनताले मेलम्चीको पानी, ढल व्यवस्थापन, चोरी नियन्त्रणका लागि सीसी क्यामेरा जडान, कुकुरको उचित व्यवस्थापन, सरसफाइ, वडास्तरीय क्लिनिकलगायतमा ध्यान दिन सुझाव राखेका छन् ।

टोलवासीका समस्या समाधानमा काठमाडौँ क्षेत्र नं ५ (क) का प्रदेशसभा सदस्य नारायण सिलवाल पनि सक्रिय भएर लाग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका सिलवालले ४ नम्बर वडाबाट शुरु भएको कार्यक्रमलाई अन्य वडामा पनि विस्तार गरिने बताउनुभयो । आज चुनदेवीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अनेक चुनौतीका बाबजुद स्थानीय तहका जनप्रतिनिधिले काम गरिरहेका छन्, केही कमजोरी भए भने जनताले खबरदारी गर्नुपर्छ, हामी सबै एकजुट भएर लाग्यौँ भने नमूना विकास हामीभन्दा धेरै टाढा छैन ।”

वडा नम्बर ४ पार्क र हरियालीपूर्ण रहेको, पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने काम जारी रहेको, काठमाडौँका अन्य वडाभन्दा सफा रहेको प्रदेशसभा सदस्य सिलवालले बताउनुभयो । वडा नं ४ ले अतिक्रमित सार्वजनिक जग्गा वडा मातहत ल्याइ झण्डै एक दर्जन पार्क निर्माण गरेको छ । प्रदेशसभा सदस्य सिलवालको सक्रियतामा गत वर्ष पनि १२ टोलमा यस्तो कार्यक्रम गरिएको थियो ।