१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

‘फेसअफ प्लस टु २०१९’को उपाधि चौलागाईं र थापालाई

‘फेसअफ प्लस टु २०१९’को उपाधि चौलागाईं र थापालाई
अ अ+ अ-

काठमाडौं, । ‘फेसअफ प्लस टु २०१९’को उपाधि युवतीतर्फ इन्साईट भिजन कलेजकी मनिता चौलागाईं र युवातर्फ जेएमसी कलेजका ब्रुकिन थापाले चुमेका छन् । ग्रेस इन्टरनेश्नलले राजधानीकोे कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा गरेको ‘फेसअफ प्लस टु २०१९’को अन्तिम प्रतिस्पर्धामा युवातर्फ लुम्बिनी कलेजका समिर दाहालले फष्ट रनरअप र इन्साईट भिजनका आकाश बुढाथोकीले सेकेण्ड रनरअपको उपाधि चुम्न सफल भए भने युवतीतर्फ फष्ट रनरअपको उपाधि केब्स कलेजकी इन्कला कार्की र सेकेण्ड रनरअपको उपाधि विनायक सिद्ध कलेजकी सायरा कार्कीले चुमिन ।

सुनौलो सन्सार म्यानेजमेन्टद्वारा आयोजित फेसअफ प्लस टुको यो दोस्रो संस्करणमा मिस्टर एण्ड मिस प्रसनालिटीमा चाँद बाघ कलेजका रूपेश बस्नेत भए भने केब्स कलेजकी इन्कला कार्की भइन । मिस्टर एण्ड मिस फोटो जेनिकको उपाधी इन्साईट भिजनका कलेजकी मनिता चौलागाईं र विनायक सिद्ध कलेजका लोकेन्द्र महोतराले चुम्न सफल भए । मिस्टर एण्ड मिस कन्फिडेन्ट पुरूषबाट चाँदबाघ कलेजका रूपेश बस्नेत र महिलाबाट केब्स कलेजकी इन्कला कार्कीले चुमे ।
यस्तैगरी मिस्टर एण्ड मिस फ्रेन्डसीपमा पुरुष तर्फबाट विनायक सिद्ध कलेजका सुरज खड्का र महिला तर्फबाट केब्स कलेजबाट सविता राई भइन । मिस्टर एण्ड मिस स्टाइललिस्ट पुरुष तर्फबाट विनायक सिद्ध कलेजका सुरज खड्का र महिला तर्फबाट विनायक सिद्ध कलेजकै चादनी खड्का भइन । मिस्टर एण्ड मिस पपुलर पुरुष तर्फबाट विनायक सिद्ध कलेजबाट लोकेन्द्र महोतरा र महिलातर्फ त्यसै कलेजकी बिधार्थी सायरा कार्की भइन । मिस्टर एण्ड मिस बेस्ट वर्क पुरुष तर्फबाट विनायक सिद्ध कलेजबाट सुनिल परियार र महिलातर्फ मिङ्मा शेर्पा भइन । मिस्टर एण्ड मिस बेस्ट स्माइलमा पुरुष तर्फबाट जेएमसी कलेजका चेरी लामा र महिला तर्फबाट इन्साईट भिजनका कलेजकी नेहा शाही भइन ।

यसैगरी मिस्टर एण्ड मिस कन्जिनारिटी उपाधी इन्साईट भिजनका बिधार्थी आकाश बुढाथोकी भए र महिलातर्फ चाँदनी खड्का भइन । मिस्टर एण्ड मिस ब्युवर्स च्वाइस उपाधी विनायक सिद्ध कलेजबाट रोशनी भण्डारी र कल्पना श्रेष्ठ भइन । मिस्टर एण्ड मिस ट्यालेन्ट पुरुषतर्फ चाँदबाघ कलेजका रूपेश बस्नेत भए भने महिलातर्फ मिङ्मा शेर्पा भइन । मिस्टर एण्ड मिस मल्टीमिडिया पुरुषतर्फ लुम्बिनी कलेजबाट रेवन दाहाल र महिला तर्फबाट विनायक सिद्ध कलेजकि सायरा कार्की भइन ।
एनप्याब्सनका अध्यक्ष बिष्णु पराजुली प्रमुख अतिथि र विनायक सिद्ध कलेजका प्रिन्सिपल रामकृष्ण सिम्खडा तथा ग्रेस इन्टरनेटर नेसनलका प्रमुख एन्ड्रयु पौडेल विशिष्ट अतिथि रहेको कार्यक्रममा दुर्गाप्रसाद प्रसाई, अजय मल्ल ठकुरी, गुणराज प्याकुरेल, इच्छा कार्की, समिर धगौडा र सुरेन्द्र राजथला अतिथिहरू रहेका थिए ।
रोजिन शाक्य र निशा श्रेष्ठले कोरियोग्राफी गरेको प्रतियोगितामा ड्रेस डिजाइन एबी गर्लले गरेको थियो । प्रतियोगिताको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पाले रहेका थिए भने प्रतियोगिताको छनोटको निर्णकको भूमिका पूर्ण लामा, दीपक घिमिरे र निराजन थापाले गरेका थिए । कार्यक्रममा फेसअप प्लस टु, २०१८का प्रतियोगिहरु र २०१९का प्रतियोगिहरुले एकैसाथ स्टेज सो गरेका थिए । उक्त सोको ड्रेस एबी गर्लले नै प्रदान गरेको थियो ।
प्रतियोगिताले किशोर तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाका निर्देशक नारायण थापाले बताए ।
गेट वे कलेज मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजनमा लुम्बिनी कलेज र विनायक सिद्ध कलेज रहेका थिए । त्यस्तै आयम इन्टरनेशनल कलेज, विट्स एकेडेमी, केयू सिटी कलेज, सम्झना पव्लिकेशन प्रा।लि।, चामुण्डा व्रिज कोर्स, केएसी कुुरीनरी आर्टस, फ्लाइटेक इन्टरनेशनल, आश म्युजिक कम्पनी, हट वेव सलुसन, चावहिल स्पोर्टस क्लव, ज्यागुएर सेकुरिटी, बुटिक पाट्नर अभियगल, नेशनल माउण्टेन भ्यु रिसोर्ट, ग्रान्ड नरलिङ होटलस् रिर्सोटलगायतको साथ सहयोगमा प्रतियोगिता सम्पन्न भएको निर्देशक थापाले बताए । कार्यक्रमा विभिन्न गीत सङ्गीत प्रस्तुत गरिएको थियो ।