१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै व्यापार मेलाको आयोजना



अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ देखि २८ गतेसम्म पोखरामा व्यापार मेलाको आयोजना गरिने भएको हो । मेलाले औद्यौगिक, कृषिजन्य उत्पादन, हस्ताकलाका उत्पादनको प्रदर्शन गरी बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लागानीको सम्बद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ सुरु हुने मेलाबाट गण्डकी प्रदेशको पर्यटकीय सम्भावना उजागर गरी प्रदेशको व्यवसाय विस्तारको सम्भावना खोजी गर्ने उद्देश्य लिइएको छ ।

मेलामा हस्तकला, कृषि, सूचना तथा प्रविधि लगायतका क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । मेलामा विभिन्न होमस्टेहरुको समेत सहभागिता हुने भएकाले पर्यटकीय गन्तव्यहरुका बारेमा समेत जानकारी पाउन सकिनेछ । मेलाबाट १ करोड रुपैयाँ आम्दानी र खर्च हुने अनुमान आयोजकको छ । मेलाबाट बचत रकम उद्यमशीलता प्रवद्र्धन र व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि खर्च गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।