१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’

‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
अ अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताउनुभएको छ ।

आफ्नो सम्मानमा परराष्ट्र सचिव शङ्करदास वैरागीले आज अपराह्न राजधानीमा आयोजना गर्नुभएको बिदाइ समारोहमा उहाँले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश प्रवाह गरेको बताउनुभयो । राजदूत पूरीले भन्नुभयो, “संसारका कुनै पनि देशले एकैपटक तीनवटा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको इतिहास छैन ।”

उहाँले भारत र नेपालबीचको सम्बन्ध अतुलनीय रहेको तथा शताब्दीऔँ पुरानो आपसी मैत्री भविष्यमा अझ सुमधुर एवं सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । “देवभूमि नेपाल भारतीयहरूका निम्ति अति सम्मानीय छ, प्रकृतिको वरदानप्राप्त अति सुन्दर राष्ट्र नेपाल जलस्रोत र पर्यटनका माध्यमबाट विकासको पथमा लम्किन सक्षम छ”, उहाँले भन्नुभयो ।

आफ्नो कार्यकालमा अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणसम्बन्धी दुई राष्ट्रबीच भएको सहमति, भूकम्पपछिको पुनःनिर्माण, एकीकृत जाँच चौकी, हुलाकी राजमार्गलगायत भारत–नेपाल सहयोग र साझेदारी पारस्परिक मैत्रीका प्रतीक भएको बताउनुभयो । अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजनाले नेपालको सामाजिक–आर्थिक परिदृश्यमा अकल्पनीय परिवर्तन ल्याउने र नेपाललाई समृद्ध देशका रुपमा विश्वमा स्थापित गर्ने उहाँले बताउनुभयो ।

सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव वैरागीले राजदूत पुरीको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ हासिल गरेको भन्दै त्यस निम्ति उहाँले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । समारोहमा नेपालस्थित अधिकांश देशका राजदूत तथा कार्यबाहक राजदूतहरूको उपस्थिति थियो ।