१ भाद्र २०८३, सोमबार
,
Latest
मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु



अ+ अ-

काठमाडाैँ । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ ।

रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात विमानमा छ जना चालक दल र २३ जना यात्रु सवार थिए । उनीहरूको दुर्घटनामा परेर ज्यान गएको हो । विमानले नियमित उडान गरिरहेका बेला मङ्गलबार साँझ करिब ६ बजेतिर सेनाले त्यससँग सम्पर्क गुमाएको थियो । उक्त विमान क्रिमियन प्रायद्वीपमाथि निर्धारित मार्गमा उडिरहेको थियो ।

सन् २०१४ मा रुसले युक्रेनबाट यो क्षेत्र कब्जा गरेको थियो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अवैध मानेको छ । दुर्घटनापछि उद्धार टोली परिचालन गरिए पनि घटनास्थलमै सबैको मृत्यु भएको पुष्टि भएको छ । समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार रक्षा मन्त्रालयले प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटना प्राविधिक खराबीका कारण भएको जनाएको छ ।

विमानमा कुनै बाह्य आक्रमण वा हस्तक्षेप नभएको विश्वास गरिएको पनि मन्त्रालयको भनाइ छ । दुर्घटनास्थलका स्रोतहरूलाई उद्धृत गर्दै राज्य सञ्चालित तास र आरआइए नोभोस्तीले विमान चट्टानी क्षेत्रमा खसेको जानकारी दिएका छन्, जसका कारण क्षति झनै भयावह भएको बताइएको छ । एएन–२६ सोभियतकालीन डिजाइनमा आधारित सैन्य यातायात टर्बोप्रप विमान हो, जुन विभिन्न सैन्य र लजिस्टिक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।