१ भाद्र २०८३, सोमबार
,
Latest
मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु



अ+ अ-

काठमाडाैँ । मुस्ताङकाे  पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ ।

पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई पोठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो । साथै विद्यालय बाहिर रहेका १० वर्षमुनिका किशोरी तथा गत वर्ष एचपिभी खोप लगाउन छुटेका किशोरीलाई पनि खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले जानकारी दिइन्।

उनका अनुसार सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत १६३ तथा १० वर्षमुनिका विद्यालय बाहिर रहेका तीन र गत वर्ष छुटेका २८ किशारीलाई क्यान्सर रोगविरुद्धको खोप लगाउने कार्यतालिका छ । खोप अभियानअन्तर्गत घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आजदेखि खोप अभियान सञ्चालन भएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यही चैत २२ र २३ गते, थासाङ गाउँपालिकामा चैत १९ गते र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चैत २८ गते एचपिभी खोप कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिइन्।