१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना

नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना
अ अ+ अ-

काठमाडौं । औषधि, खोप र उपकरण र समुदायमा आधारित अध्ययन, अनुसन्धान गर्नका लागि नेपालमा क्लिनिकल ट्रायल रजिष्ट्रिको स्थापना भएको छ ।

नेपालमा क्लिनिकल ट्रायल सम्बन्धित अनुसन्धानहरु दिनप्रतिदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको सुरुवात भएको हो । क्लिनिकल ट्रायल रिजिस्ट्रि भनेको क्लिनिकल ट्रायलको अध्ययन अनुसन्धान दर्ता गर्ने आधिकारिक प्लेटफर्म हो । २०१९ मा मात्रै स्वास्थ्य अनुसन्धान परिषदको आचारसंहिता बोर्डबाट २१ वटा क्लिनिकल ट्रायल सम्बन्धि अनुसन्धान प्रस्तावको स्वीकृती भएको थियो । यस्ता खालका ट्रायल नेपाल हुने भएपनि दर्ताका लागि अन्यत्र रहेका ट्रायलको भरमा रहनुपर्ने बाध्यताको अन्त्य भएको छ । जसका डाटाहरुबाट समेत नेपाल र नेपालीहरु लाभ लिन सकेका थिएनन् । नेपाल अनुसन्धान परिषदका आचारसंहिता बोर्डका अध्यक्ष डा प्रकाश घिमिरेले एमडि एमएसको थेसिस गर्नेहरुले विदेशीको ट्रायक क्लिनिकमा गएर काम गर्नुपर्ने बाध्यता रहेकोमा अब अन्त्य भएको बताउनुभयो । यसले अनुसन्धानकर्ताहरुलाई अनुसन्धान गर्ने वातावरणको सिर्जना गर्ने, आफुले अनुसन्धान गरेका डाटाहरु आफैसँग सुरक्षित रहने उहाँले बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका डा. अन्जनी झाले यसको स्थापना गर्न एक वर्षदेखिको अभ्यास जारी रहेको र त्यसका लागि एउटा समिति समेत बनाइएको बताउनुभयो । यसमा रजिस्ट्र हुनै पर्ने बाध्यतात्मक अवस्था नभएपनि आफनो खोज अनुसन्धानर्लाइ अन्तर्राष्ट्रिय जगतमा पु¥याउनका लागि रजिष्टर हुनु आवश्यक रहेको बताउनुभयो ।

नेपालको रजिष्ट्रि प्लेटफर्ममा डाटा इन्ट्रिका लागि २ जना अनुसन्धान अधिृकतहरु अशोक पाण्डे र अरुण शाहललाई विशेषज्ञ भएर काम गर्ने गरि जिम्मेवारी दिइएको छ । उहाँहरुले भारतबाट यससम्बधि ७ दिने तालिम समेत लिनुभएको छ । सन् २००४ नोभेम्बरमा मेक्सिकोमा भएको एक कार्यशाला गोष्टिमा एकल प्रणालीबाट विश्यव्यपार्टी क्लिनिकल ट्रायल रजिष्ट्रि को अन्तर्राष्ट्रिय सञ्जाल बनाउन माग भएअनुसार अहिले विश्वस्वास्थ्य संगठन अन्तर्गत इसिटिआरपी नेटवर्कमा १८ वटा देशका प्राइमरि रजिष्ट्रिहरु आवद्ध रहेका छन् ।