३ भाद्र २०८३, बुधबार
,
Latest
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार एयरवेजले ए डिभिजन लिगलाई प्रायोजन गर्ने



अ+ अ-

काठमाडौं । पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगले अन्तर्राष्ट्रिय प्रायोजक पाएको छ । २०७६ सालको लिगका लागि अखिल नेपाल फुटबल संघ एन्फाले कतार एयरवेजसँग सम्झौता गरेको हो ।

एक वर्षको लागि १ करोड ७० लाख रुपैयाँमा उक्त लिग सम्झौता भएको हो । प्रायोजनको रकम दुई किस्तामा उपलब्ध हुने अखिल नेपाल फुटबल संघले जनाएको छ ।

एन्फाले सबै ए डिभिजन क्लबलाई लिग तयारी खर्चवापत २० लाख रुपैयाँ दिने भएको छ । यसवर्ष ५ जना उत्कृष्ट खेलाडीलाई मोटरसाइकलको सट्टा नगद दिन लागिएको छ । उत्कृष्ट खेलाडीले अब जनही १ लाख ५० हजार रुपैयाँ पाउने भएका छन् ।

लिगका लागि क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा एक जना दक्षिण एसियाली देशको हुनुपर्नेछ । चार जना विदेशी खेलाडी एकै पटक खेलाउन पाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । क्लबले १८ देखि ४५ वर्षभित्रका खेलाडी मात्र दर्ता गराउने पाउनेछन् ।

लिगको उद्घाटन खेल मछिन्द्र र बिग्रेड ब्वाइजबीच हुनेछ । दशरथ रंगशालामा खेल हेर्न साधारण प्याराफिटमा २ सय र भीआईपी प्यारापिटका लागि ५ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।