१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

निजी विद्यालय र कलेजमा ३७५ भन्दा बढि शुल्क लिन नपाउने

निजी विद्यालय र कलेजमा ३७५ भन्दा बढि शुल्क लिन नपाउने
अ अ+ अ-

काठमाडौं । सत्य विश्व भूमी पार्टी नेपाल घोषण गरिएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्व भूमी भक्त गुरु होम बहादुर कार्कीको नेतृत्वमा उक्त पार्टीको घोषणा गरिएको हो ।
‘सरकारले जनतामाथि लगाएको दोहोरो कर खारेजी’ गर्नुपर्ने मुख्य उद्देश्य राखेर आफूहरुले नयाँ पार्टी जन्माएको कार्कीले जानकारी दिए । त्यस्तै, अरवौं रुपैयाँको देवीदेवताको श्रीसम्पत्ति पनि आफ्नो पार्टीले खोजतलास गर्ने कार्कीले स्पष्ट पारे ।

उक्त पार्टीले अघि सारेका तत्कालिन् उद्देश्यहरुमा देवताहरुको श्रीसम्पत्ति साथै भृेटी खजनाहरुको खोजतलास गर्न सरकारलाई दबाब दिने, विश्व जगतमा देव भूमीबाट विजुली निकालिएको अन्य मुलुकमा आपुर्ति गरेको विरोध जनाईने, निजी विद्यालय, कलेजमा ३७५ भन्दा माथि शुल्क लिएको थाहा पाएमा खारेज गर्नुपर्ने, एम.बि.बि.एस पढ्न दुई लाख ५० हजार भन्दा बढि रकम लिएमा त्यस्ता शिक्षण संस्थाहरु स्वतः खारेज गर्नुपर्ने, जग्गा खरिद बिक्रीमा सरकारले लिँदै आएको दोहोरो कर खारेज गर्नुपर्ने, बृद्धाभत्ता बढाएर ७ हजार पुर्याउनुपर्ने, रोजगारी दिन नसके युवा वर्गलाई मासिक ७ हजार बेरोजगार भक्ता दिनुपर्ने, एकल महिलालाई मासिक ५ हजार ५ सय पुर्याउनुपर्ने, उद्योग व्यवसायमाथि लगाउँदै आएको करमा ५० प्रतिशत छुट दिनुपर्ने, सरकारी कर्मचारीहरुले आफ्ना बच्चाहरुलाई सामूदायिक विद्यालयमा अनिवार्य रुपमा पढाउनुपर्ने, गौमाताको हत्या गर्नेलाई जन्मकैद हुनुपर्ने, हरेक पुस्तकमा सरस्वती माताको बन्धना अनिवार्य रुपमा समावेश गरिनुपर्नेलगायत रहेका छन् ।
नवघोषित पार्टीका अध्यक्ष कार्कीले हरेक सरकारी कार्यालयहरुमा जलगंगाको तस्विर राख्नुपर्ने आफूहरुको अर्को महत्वपूर्ण उद्देश्य रहेको सुनाए । उनले भने,‘सरकारी कार्यालयमा व्यक्तिको फोटो टाँस्न मनाही छ ।’ उनले घरवार त्यागेर हिँडेका साधुसन्तहरुलाई सरकारले नै खान, बस्नको लागि उचित बन्दोवस्त गर्नुपर्ने माग राखे ।
त्यस्तै, कुनैपनि कार्यालयमा ७ वर्ष लगातार काम गरेको व्यक्तिलाई स्वतः स्थायी गरिनुपर्ने उनको भनाई छ । र, कर छली गर्ने उद्योग तथा व्यवसायीहरुको लाईसेन्स नै खारेज गर्नुपर्नेृ उनको माग छ । उनले नेपाली धर्म र संस्कृति झल्किने खालका टेलिफिल्महरुको निर्माण गर्नुपर्नेमा पनि जोड दिए ।
उक्त पार्टीमा ७ जनाको कार्यसमिति रहनेछ । जसमा कार्कीले अध्यक्षको जिम्मेवारी वहन गर्नेछन् भने कार्यसमितका बाँकी सदस्यहरु छिट्टै चयन गरिने उनले जनाए ।