१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागमा नेपाल पावर हाउस भैसक्यो, अबको टार्गेट एशियन, आलेम्पिक र विश्वकप : सदस्य सचिव सिलवाल



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको सुनाउँदै पहिलो काम नै १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्छु भनेर घोषणा गरेको स्मरण गराए । उनले भने,‘म परिषदमा आएको साँढे चार महिना भएको छ, म आउनेबित्तिकै सबैभन्दा पहिलो घोषणा र मेरो ध्यान नै साग गेम निर्धारित मितिमै गराउँछु भनेर बोलेको थिएँ । त्यसको लागि पूर्वाधार निर्माणमा सुरुदेखि नै ध्यान दिएको थिएँ । सबैको साथ र सहयोगले हामीले सफल रुपमा १३औं साग सम्पन्न गर्यौं । यो हामी सबैको लागि खुशीको कुरा हो ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सागको लागि चाहिने आवश्यक पूर्वाधार निर्माणको लागि आफूले पहिलो पहलकदमी लिएको पनि सुनाए । उनले भने,‘केही पूर्वाधार पहिल्यै बनिसकेका थिए । म आएपछि धेरै पूर्वाधार बनायौं । पोखराको रंगशालाको सवालमा पनि मैले प्राकृतिक ग्रासमा जोड दिएँ । १६ हजार ५ सय क्षमताको रंगशालाई विस्तार गरेर २० हजार क्षमताको बनाईयो । त्यहीअनुरुप काम गर्यौं । यो सागमा मात्रै हामीले १३ हजार सिट जडान गर्यौं । अबको तीन महिनाभित्र हामी यसलाई पूर्णता दिन्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्षाका कारण पनि पूर्वाधार निर्माणमा केही ढिलाई भएको सुनाए । उनले भने,‘वर्षाले पनि केही ढिलाई भयो । दशैं, तिहार थियो, त्यसले पनि केही असर गर्यो । यो बीचमा चिनियाँ राष्ट्रपति र बंगलादेशका राष्ट्रपतिको भ्रमण भयो । त्यसले पनि पूर्वाधार निर्माणको काममा ११, १२ दिन ढिला भयो ।’