१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

मानव तस्रकीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

मानव तस्रकीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने
अ अ+ अ-

काठमाडौं । बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजना गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमा आउँदो शनिबार ‘जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउने जानकारी गराएको छ । कार्यक्रम २८ मंसिरको अपरान्ह साँढे तीन देखि साँढे पाँच बजेसम्म हुने जनाइएको छ ।

‘राउण्ड टेबल १२’ का अध्यक्ष सज्जन अग्रवालले सर्कसमा सहभागीहरु विगतमा मानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए । कार्यक्रममा ४७० विपन्न र आश्रित बालबालिकाहरु सहभागी हुने बताए ।
राउन्ड टेबुलको संयोजनमा प्रस्तुत हुने सर्कसबाट संकलित रकम बालिबालिकाको हितमा खर्च हुने ‘राउण्ड टेबल २५’ का अध्यक्ष साहिल अग्रवालले जानकारी गराए ।

राउण्ड टेबलले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा टेवा पुग्ने कार्य गर्दै आएकोमा बाल्यावस्थामा पीडामा परेकाहरुलाई सहभागी गराई बालहितमा सर्कस आयोजना गर्न लागेको अग्रवालले बताए । उनले भने, ‘संकलित रकम बालबालिकाको हितमा खर्च गरिनेछ ।’ मानव तस्करीबाट निस्किएका बालबालिकाहरुद्धारा जागरुकता अभियान चलाउने र मानव तस्करीबाट बच्न सचेतना कार्यक्रम चलाउने बताए ।
कार्यक्रममा राउण्ड टेबलले सामाजिक परियोजनाबारे भिडियो प्रदर्शन गरिएको थियो । बालबालिकाको शिक्षाका क्षेत्रमा गरिएको कार्यक्रम भिडियोमा समावेश गरिएको छ ।

के हो राउण्ड टेबल
राउण्ड टेबल नेपाल एक गैर सरकारी संस्था हो । जसले केहिी दशक देखि सामुदायिक विकासको लागि विधालय निर्माण, सम्भार, विधार्थाीलाई विविध किसिमका सहयोग जस्तै भूकम्प, बाढी, हावाहुरी लगायत विधि प्रकृतिक विपदहरुमा सक्रिय सहयोग, विशाल रक्तदान कार्यक्रम, वृक्षरोपण तथा विविध ज्ञानका विषयहरु प्रसारण गरी समाजमा सहयोग गर्दै आएको छ । यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण संस्थानमा ईच्छुक युवा पुस्ताहरुले आफ्नो व्यक्तिगत तथा व्यवसायिक रुपमा उन्नती गर्ने मौका प्राप्त गर्दछन् ।
राउण्ड टेबलको मुलधार शिक्षाबाट स्वतन्त्रता लाई आफ्नो नारा नेपालका विभिन्न जिल्लाहरुमा रहेको ४७ बटा विधालयहरुको विद्यार्थाीहरुका लागि तीन सय २२ वटा कक्षा कोठाहरु निर्माण गरी सहयोग छ । जसबाट बीस हजार भन्दा बढी विद्यार्थीहरु लाभांवीत भएको छ ।
सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपाल अन्तर्गत देशका विभिन्न स्थानहरुमा युवाहरुको स्वंय स्वेच्छीक योगदानबाट २८ वटा टेबल क्लब हरु स्थापना गरी हालसम्म निरन्तर रुपमा आर्थिक तथा सामाजिक रुपमा विपन्न विविध समुदायहरुलाई सहयोग गर्दै आइरहेको छ ।