१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाव किंग्सको आइपिएलमा विजयी शुरुवात



अ+ अ-

 काठमाडौँ। कुपर कोनोलीको सानदार ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा विजयी शुरुवात गरेको छ ।

नयाँ चण्डीगढको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले सिजनको सुखद सुरुवात गरेको हो।  १६३ रनको मध्यम लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउँदै जित पक्का गर्‍यो।

पञ्जावको जितमा कुपर कोनोलीले ७२ रनको अर्धशतकीय इनिङ खेले । ४४ बल खेलेका कोनोलीले समान पाँच चौका र छक्का प्रहार गरे । पबसिम्रन सिंहले ३७ रन बनाए । कप्तान श्रेयस अइयरले १८ रन बनाउँदा जेभियर बार्टलेटले ११ रन बनाए ।

गुजरातका प्रसिद्ध कृष्णाले तीन विकेट लिए । कागिसो रबाडा, अशोक शर्मा, राशिद खान र वासिंगटन सुन्दरले समान एक विकेट लिए ।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ३९ रन बनाए भने जोस बटलरले ३८ र ग्लेन फिलिपले २५ रन बनाए । त्यस्तै, वासिंगटन सुन्दरले १८, ओपनर साई सुदर्शनले १३ र अविजित रहेका राहुल तेवाटियाले समान ११ रन बनाए ।

पञ्जावका विजयशंकर बस्कले तीन विकेट लिए । युजवेन्द्र चहलले दुई विकेट लिँदा मार्काे जानसेनले एक विकेट लिए ।