९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन



अ+ अ-

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।

सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पु¥याउन परिवारले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै सेवा सुरु गरिएको नगरप्रमुख खडकबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुःखको बेला नागरिकले आर्थिक, सामाजिक तथा व्यवस्थापकीय समस्या झेल्न नपरोस् भन्ने मानवीय सोचका साथ सेवा सञ्चालनमा ल्याइएको हो । यसले महँगो भाडा तिर्न बाध्य हुने अवस्थालाई पनि अन्त्य गर्ने विश्वास छ ।”

नगरपालिकाले ठेक्का प्रक्रियामार्फत करिब रु २८ लाख ८९ हजारको लागतमा आधुनिक सुविधा सम्पन्न शववाहन खरिद गरेको नगरप्रमुख रावतले जानकारी दिनुभयो । रासस