१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले लिए निःशुल्क सेवा



अ+ अ-

खोटाङ। नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् ।

रणभीम गण मुडे खोटाङ र १८ नं फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा १४९ जना महिला, ५९ जना पुरुष र १० जना बालबालिकाले निःशुल्क सेवा लिएका हुन् ।

नागरिक–सैन्य सम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडे ब्यारेक खोटाङका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

“दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव छ । यो अभावलाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविरका माध्यमबाट नागरिक–सैन्य सम्बन्ध अझ मजबुत भएको महसुस गरेका छौँ । शिविरमा सहभागी स्थानीय पनि सन्तुष्ट भएर फर्किएका छन् ।”

जिल्ला अस्पताल खोटाङ र साकेला आधारभूत अस्पतालको समन्वयमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण, औषधि वितरण, महिला तथा बाल स्वास्थ्यसम्बन्धी परामर्श र सचेतनामूलक सेवा निःशुल्क प्रदान गरिएको सेनाले जनाएको छ ।

सेनाको यो पहलले स्थानीयस्तरमा बसोवास गर्दै आएका नागरिकका लागि स्वास्थ्य सेवा प्रवाहमा थप सहयोग पुगेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनुभयो ।

रतन्छास्थित साकेला आधारभूत अस्पतालको प्राङ्गणमा सोमबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका प्रमुख राई, प्रमुख सेनानी लामिछाने, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति थियो ।

नेपाली सेनाको ‘नागरिक–सैन्य सम्बन्ध सदृढ कार्यक्रम’ अन्तर्गत रणभीम गण मुडे खोटाङले जिल्लाका विभिन्न ठाउँमा गएर सामाजिक काम गर्दै आएको छ ।

रणभीम गणले यसअघि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयमा फर्निचर निर्माण गरिदिएको थियो । यसका साथै नेपाली सेनाले जिल्लामा हुनसक्ने विपद् व्यवस्थापनका लागि प्रतिकार्य पूर्वअभ्यास, सडक मर्मत, सरसफाइलगायत सामाजिक काम गर्दै आएको छ । रासस