२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड



अ+ अ-

काठमाडौं– मिस नेपाल अनुष्का श्रेष्ठले एटलान्टामा आयोजित मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छन्।

६९औं संस्करणको मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन्। उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन्। यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन्। उक्त अवार्ड जितेर ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन्।

नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सिधै टप २० मा प्रवेश गर्नेछ, त्यसको लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ। डिसेम्बर १४ अर्थात यही शनिबार सम्पन्न हुने फाइनलमा उत्कृष्ट १० सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ। उनीहरूमध्ये उत्कृष्ट ५ जनालाई मात्र मिस वर्ल्ड उपाधिका लागि सहभागी गराइने मिस वर्ल्डको नियम छ।