१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निगम व्यवस्थापनको आलोचना गर्न मिल्दैन – नेवानी अध्यक्ष खरेल



अ+ अ-

काठमाडौंः नेपाल वायुसेवा निगम उच्च चर्चाका साथै संवेदनशील विन्दुमा पुगेको छ । विभिन्न मुद्दाहरुमा पटक पटक चर्चामा छ निगम । यसमध्ये मुख्य विषय पर्यटन मन्त्रालय र मन्त्री योगेश भट्टराई तथा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच तालमेल नमिलेको विषयले अहिले चर्चा पाएको छ । यो वास्तवमा गंभीर विषय हो । “तर मन्त्री र मेरोबीच कुनै समस्या छैन र नियमित हामीबीच संवाद भइरहेको” खरेल बताउँछन् । निगमलाई कसरी अगाडि बढाउन सकिन्छ भनी काम गरिरहेको छु, उनको भनाई छ । उनी भन्छन्, मन्त्रीले मलाई काम गर्न प्रेरित गरिरहनु भएको छ ।

निगम संचालक समितिको गत साता सम्पन्न बैठकले साउदी अरबको रियादमा जिएसए नियुक्त गर्नु पर्नेमा त्यो गर्न सकेन । चार संचालक सदस्यमध्ये तीन जनाको मत पुग्दा समेत रद्द गरियो, बहुमत पुगेको थियो । तर पछि आउन सक्ने विवादलाई ध्यानमा राखेर अझ बढी प्रष्ट हुनका लागि बहुमत हुँदाहुँदै रोक्नु परेको खरेलको भनाई छ ।

निगमले जापानको ओशाका उडानबाट अब नारिता उडानको फड्को मारेको छ । ओशाका उडान नै नारिता उडानको दरिलो जग हो, अब मार्चको पहिलो साता नारिता उडान शुरु हुनेछ । खरेल थप्छन्, जापान सिभिल एभिएसन बोर्डमा नारिता उडानको प्रक्रिया पुगेको छ र स्वीकृति हुनासाथ उडानको काम कुनै रोकावट हुने छैन । चीनको ग्वान्झाओ उडान स्वीकृत भइसकेको र उडान मिति तय हुन मात्र बाँकी छ । निगमसँग भएका सबै जहाजले नियमित उडान गरिरहेका छन् ।

निगमको चिन्ता र म र मेरो टिमलाई छ । जिम्मेवार भएर कार्य गरिरहेका छौं । निगम भित्र र बाहिरबाट आलोचना तिब्र पारिएको अवस्था छ । उनी भन्छन्, समस्या निगम भित्र छन् तर त्यसलाई सबैले मिलेर समाधान गर्नुको विकल्प छैन, र सबै क्षेत्रले हौसला दिनु पर्दछ । यो जनताको संस्था हो, विकास हुनै पर्दछ । उनी अघि थप्छन्, निगमका कर्मचारीले पनि आफूले गरेको कामको जवाफदेहीता लिनु पर्दछ, सकारात्मक र नम्र हुनै पर्दछ । मेरो नेतृत्वमा जे काम भएका छन् त्यसले निगमलाई अगाडि बढाएकै छ, मैले पारदर्शी रुपमा काम गरेको छु । जनताले व्यवस्थापन ठिक भएन भन्नु ठिकै हो, तर सरकारले व्यवस्थापन ठीक छैन भन्नु त्यति उचित होइन, निगम स्वायत्त निकाय पनि हो भन्ने सरकारले बुझ्नु पर्दछ । उनी प्रश्न गर्छन्, जसले नियुक्त गर्यो उसैले ठीक छैन भन्न मिल्छ ?
तर म प्रष्ट छु, मन्त्रीले नै ठाडो प्रस्ताव लिएर मन्त्रिपरिषदबाट मलाई हटाउन सक्लान्, तर जबसम्म निगममा रहन्छु काम गरिरहन्छु । सरकारले जति समय काम गर् भन्छ त्यस बखतसम्म निगमको हितमा काम गर्ने दृढता हो, उनी भन्छन् । पछिल्लो समय कार्यकारी अध्यक्ष खरेलको कार्यशैलीप्रति पर्यटनमन्त्री योगेश भट्टराईले आलोचना गर्न थालेपछि खरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।