१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

सरकारले निगम व्यवस्थापनको आलोचना गर्न मिल्दैन – नेवानी अध्यक्ष खरेल

सरकारले निगम व्यवस्थापनको आलोचना गर्न मिल्दैन – नेवानी अध्यक्ष खरेल
अ अ+ अ-

काठमाडौंः नेपाल वायुसेवा निगम उच्च चर्चाका साथै संवेदनशील विन्दुमा पुगेको छ । विभिन्न मुद्दाहरुमा पटक पटक चर्चामा छ निगम । यसमध्ये मुख्य विषय पर्यटन मन्त्रालय र मन्त्री योगेश भट्टराई तथा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच तालमेल नमिलेको विषयले अहिले चर्चा पाएको छ । यो वास्तवमा गंभीर विषय हो । “तर मन्त्री र मेरोबीच कुनै समस्या छैन र नियमित हामीबीच संवाद भइरहेको” खरेल बताउँछन् । निगमलाई कसरी अगाडि बढाउन सकिन्छ भनी काम गरिरहेको छु, उनको भनाई छ । उनी भन्छन्, मन्त्रीले मलाई काम गर्न प्रेरित गरिरहनु भएको छ ।

निगम संचालक समितिको गत साता सम्पन्न बैठकले साउदी अरबको रियादमा जिएसए नियुक्त गर्नु पर्नेमा त्यो गर्न सकेन । चार संचालक सदस्यमध्ये तीन जनाको मत पुग्दा समेत रद्द गरियो, बहुमत पुगेको थियो । तर पछि आउन सक्ने विवादलाई ध्यानमा राखेर अझ बढी प्रष्ट हुनका लागि बहुमत हुँदाहुँदै रोक्नु परेको खरेलको भनाई छ ।

निगमले जापानको ओशाका उडानबाट अब नारिता उडानको फड्को मारेको छ । ओशाका उडान नै नारिता उडानको दरिलो जग हो, अब मार्चको पहिलो साता नारिता उडान शुरु हुनेछ । खरेल थप्छन्, जापान सिभिल एभिएसन बोर्डमा नारिता उडानको प्रक्रिया पुगेको छ र स्वीकृति हुनासाथ उडानको काम कुनै रोकावट हुने छैन । चीनको ग्वान्झाओ उडान स्वीकृत भइसकेको र उडान मिति तय हुन मात्र बाँकी छ । निगमसँग भएका सबै जहाजले नियमित उडान गरिरहेका छन् ।

निगमको चिन्ता र म र मेरो टिमलाई छ । जिम्मेवार भएर कार्य गरिरहेका छौं । निगम भित्र र बाहिरबाट आलोचना तिब्र पारिएको अवस्था छ । उनी भन्छन्, समस्या निगम भित्र छन् तर त्यसलाई सबैले मिलेर समाधान गर्नुको विकल्प छैन, र सबै क्षेत्रले हौसला दिनु पर्दछ । यो जनताको संस्था हो, विकास हुनै पर्दछ । उनी अघि थप्छन्, निगमका कर्मचारीले पनि आफूले गरेको कामको जवाफदेहीता लिनु पर्दछ, सकारात्मक र नम्र हुनै पर्दछ । मेरो नेतृत्वमा जे काम भएका छन् त्यसले निगमलाई अगाडि बढाएकै छ, मैले पारदर्शी रुपमा काम गरेको छु । जनताले व्यवस्थापन ठिक भएन भन्नु ठिकै हो, तर सरकारले व्यवस्थापन ठीक छैन भन्नु त्यति उचित होइन, निगम स्वायत्त निकाय पनि हो भन्ने सरकारले बुझ्नु पर्दछ । उनी प्रश्न गर्छन्, जसले नियुक्त गर्यो उसैले ठीक छैन भन्न मिल्छ ?
तर म प्रष्ट छु, मन्त्रीले नै ठाडो प्रस्ताव लिएर मन्त्रिपरिषदबाट मलाई हटाउन सक्लान्, तर जबसम्म निगममा रहन्छु काम गरिरहन्छु । सरकारले जति समय काम गर् भन्छ त्यस बखतसम्म निगमको हितमा काम गर्ने दृढता हो, उनी भन्छन् । पछिल्लो समय कार्यकारी अध्यक्ष खरेलको कार्यशैलीप्रति पर्यटनमन्त्री योगेश भट्टराईले आलोचना गर्न थालेपछि खरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।