११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

अपेक्षाअनुरुप भएन अन्तर्राष्ट्रिय विमानस्थल

अपेक्षाअनुरुप भएन अन्तर्राष्ट्रिय विमानस्थल
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ए’ बाहिर र आगमन कक्ष बाहिर परिसरमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ । सवारी साधन गुड्ने सडक नै ढाकिने गरी प्रत्येक दिन लाग्ने यो अनौठो भीडले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अस्तव्यस्ततालाई झल्काउँछ । प्रि–पेड ट्याक्सी सेवाका नाममा काउन्टर स्थापना गरी बसेका ट्याक्सी तथा हरियो नम्बर प्लेट सवारी चालकले यात्रुलाई तानातान गरेको देखिन्छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा बिहीवार विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनअन्तर्गत प्रस्थान र आगमन कक्षका अतिरिक्त यहाँको सुरक्षा अवस्था, सरसफाइ, अध्यागमन सेवा, नयाँ प्रविधिको प्रयोग र सुधारका सम्बन्धमा स्थलगत अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो ।

विभेदको सुरुवात: वैदेशिक रोजगारमा जाने नेपालीमाथि अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षबाटै विभेद गरिएको प्रष्ट हुन्छ । यहाँ चारवटा गेट (प्रवेशद्वार) छन् । तीमध्ये ‘ए’ बाट मात्र श्रम स्वीकृतिप्राप्त कामदारलाई प्रवेश अनुमति भएकाले गेटबाहिर प्रत्येक दिन बाक्लो भीड लाग्ने गरेको हो । विमानस्थलको चारवटा प्रवेशद्वारमध्ये दुईटा वैदेशिक रोजगारीमा जाने नेपालीलाई छुट्याउँदा भीड स्वतः हट्ने देखिन्छ । तर श्रम स्वीकृतिको समस्या देखाउँदै यो व्यवस्था हटाउनेमा प्रहरी, विमानस्थल कर्मचारी र श्रम कार्यालय सकारात्मक देखिँदैनन् ।

त्यस्तै प्रत्येक गेटमा एकजना सिपाहीले यात्रुको ‘अनुहार र टिकट’ हेरी प्रवेशको अनुमति दिन्छन् । यो प्राथमिक चरणको सामान्य सुरक्षा जाँच हो महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गणका प्रमुख प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले भने,‘‘त्यसपछि तीन स्थानमा सुरक्षा जाँच हुन्छ । ’’ यात्रुको लगेज, ब्याग तथा झोलालगायतका सामग्री ‘बोर्डिङ पास’ बनाउनु पहिला एकपटक र पास बनाइसकेपछि दोस्रोपटक गरी दुईपटक एक्सरे मेसिनबाट जाँच हुन्छ, त्यसपछिमात्र सुरक्षा ट्याग लगाई लोड गर्न पठाइन्छ ।

परीक्षणको काइदा: त्यस्तै यात्रुलाई पनि सुरक्षाकर्मीले बोर्डिङ पास बनाउन पूर्व र पास बनाई अध्यागमन स्वीकृत गरिसकेपछि पुनः वाकथ्रो मेसिन जडित गेटबाट र शरीर खानतलासी गरी सुरक्षा जाँच गरिन्छ । विमानस्थल प्रहरी प्रमुख उपाध्याय सुरक्षा व्यवस्थामा कुनै कमी कमजोरी नभएको बताउछन् । ‘हामीसँंग बडी–एक्सरे मेसिन छैन, त्यसको विकल्पको रूपमा वाकथ्रो मेसिन र हातैले शरीर छामेर जाँच गर्ने कार्य भइरहेको छ’ उनले थपे, ‘‘अत्याधुनिक प्रविधिमैत्री सुरक्षा व्यवस्थासँगै अनावश्यक भीड हटाउन भैरहवा विमानस्थल सञ्चालनमा आउनैपर्छ । ’’

झोला र लगेजलगायतका सामग्री चेकजाँच गर्ने एक्स–रे मेसिन राख्न समस्या छ । प्रस्थानकक्षमा हाल चारवटा मेसिनबाट काम भइरहेको छ भने दुईटा सञ्चालनको तयारीमा छन् । एकैसाथ छवटा एक्सरे मेसिन सञ्चालनमा आउँदा झोला तथा लगेज लगायतका सामग्री चेकिङमा हुने ढिलासुस्ती हट्ने अपेक्षा गरिएको छ ।

ढिलासुस्तीको कुरै नगरौँ: विमानस्थलको आगमन तथा प्रस्थान कक्षअन्तर्गत अध्यागमन सेवामा निकै ढिलासुस्ती हुने गरेको छ । अध्यागमनमा करिब एकघण्टा लाम बस्नुपरेको गुनासो यात्रुले नै गरेका हुन् । प्रस्थान कक्षमा होस् कि आगमन कक्षमा लाइन लागेर अध्यागमन सेवा लिन बाध्य छन् यात्रु । विभागका निर्देशक रामचन्द्र तिवारीले आगमन प्रवेशाज्ञा लिनेका कारण ढिलो हुने गरेको स्वीकार्नुभयो । यसमा सुधार गर्न अनलाइन सेवा सुरु हुँदैछ, एक–डेढ महिनाभित्रमा अध्यागमनमा देखिएका सबै समस्या हट्छन् ।

उनले अध्यागमन शुल्कमा सहजीकरणका साथै दक्ष जनशक्ति र सर्भिस काउन्टर थप्ने कार्य भइरहेको जानकारी दिए । यसै महिना (सन् २०१९ डिसेम्बर) भित्र ‘एडभान्स प्यासेन्जर इमिगे्रसन सिस्टम’ (एपीआईएस) सेवा सुरु गर्ने दाबी गरे पनि कामको गति देख्दा त्यस्तो अवस्था देखिँदैन । विभागले अध्यागमन सेवा कक्ष भने सफा, चिटिक्क र आकर्षक बनाएको छ ।

स्तरोन्नति अति जरुरी: अन्तर्राष्ट्रिय हवाई सेवा थपिने क्रमसँंगै यात्रुको चापका कारण विमानस्थल साँघुरो बन्दै गएको छ । विमानस्थल स्तरोन्नति कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता तेजप्रसाद पौडेलका अनुसार, तीन सय मिटर रन–वे थपिँदैछ भने दुईटा पार्किङ–वे निर्माण भइरहेका छन् । वाइड बडी प्लेन पार्किङका लागि नौवटा पार्किङ सञ्चालनमा छन् ।

थप दुईटाका लागि निर्माण भएसँगै रन–वे तथा पार्किङ नपाएर प्लेन आकाशमै होल्ड बस्नुपर्ने बाध्यता हट्नेछ । तर बडी स्क्यानर मेसिन राख्नेमा भने विमानस्थल व्यवस्थापनले चासो देखाएको छैन । प्रत्येक दिन आन्तरिक करिब ११० र बाह्य ५० भन्दा माथि गरी १६० उडान हुने गर्छन् । अन्तर्राष्ट्रिय उडान थप्ने हो र सरकारले घोषणा गरेअनुरूप एक वर्षमा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने हो भने विमानस्थलमा ‘जाम’ हुने देखिन्छ ।

नाम मात्रको बुटिक: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिकका रूपमा सजाउने भने पनि फोहोर देख्दा बाहिर र भित्रको अवस्था समान जस्तै लाग्छ । प्रस्थान कक्षमा त्यस्तो कलात्मक तथा आकर्षक सजावट छैन । तर आगमन कक्षको भित्रीतर्फको मुख्य प्रवेशद्वारमा पित्तलको गाग्रीसहितका गमला राखिएका छन् । विमानस्थलको भर्याङ, सिलिङ, पैदलमार्ग र विश्रामस्थल बुटिक बन्न सकेका छैनन् । यात्रु बस्ने कुर्सीसमेत बुटिक नभई सामान्य जस्तै छन् । शौचालयमा तातो पानीको व्यवस्था भए पनि टिस्यु पेपर र हातको चिसो हटाउन प्रयोग हुने मेसिनको अभाव देखिन्छ । गोरखापत्र दैनिकबाट