११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

धनी हुने मानसिकता भ्रष्टाचारको जड

धनी हुने मानसिकता भ्रष्टाचारको जड
अ अ+ अ-

काठमाडौं । छिट्टै धनी हुने र धेरै पैसा कमाउने मानसिकताका कारण मानिसमा भ्रष्ट संस्कृति बढ्दै गएको पाइएको छ । भ्रष्टाचार समाजको विकृत रूप भए पनि त्यसलाई नियन्त्रणका लागि गरिएका प्रयाससमेत सार्थक बन्न सकेको छैन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पछिल्ला दिनमा विशेष अदालतमा दायर गरेको मुद्दा हेर्दा समाजमा भ्रष्ट संस्कार बढिरहेको देखिन्छ । चालू आर्थिक वर्षको हालसम्म कार्यालय खुलेको समयलाई मात्रै हेर्ने हो भने कुल १ सय १२ दिनमा १ सय ७० वटा मुद्दा दर्ता भएका छन् ।

विशेष प्रयोजनाका लागि स्थापना गरिएका सरकारी कार्यालयका कर्मचारीसमेत आर्थिक अनियमिततामा संलग्न रहेको पाइएको आयोगको अध्यनयमा फेला परेको छ । आयोगले दायर गरेको मुद्दाका आधारमा केही व्यक्तिको कमाइ अस्वाभाविक पाइएको छ । जागिरे जीवनमा एक नायब सुब्बाले १४ करोड ८० लाख बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ भने यातायात व्यवस्था विभागका लेखापालले ६२ करोड बराबरको सम्पत्ति जोडेको पाइएको छ ।

विशेषगरी सेवाग्राहीको बढी भीड हुने कार्यालयका प्रमुखदेखि तल्ला तहका कर्मचारीले समेत सेवाग्रहीलाई पैसा नलिई काम गर्नै हुन्न भन्ने प्रवृत्तिले घर गरेको पाइएको छ । ‘हामीले केही कार्यालयमा गएर श्रव्य दृश्य सामग्री नै खिचेर ल्यायौँ, त्यो सामग्री आयोगको कार्यालयमा बसेर हेर्दा अवस्था असाध्यै भयावह पाइएको छ,’ आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने । कर्मचारीमा सेवा प्रवेश गर्नेबित्तिकै करोडपति हुने भूत सवार भएको पाइएकाले भ्रष्टाचार नियन्त्रणका लागि साझा प्रयास मात्रै नभई आचरण सुधारसमेत प्रमुख विषय भएको प्रमुख आयुक्त घिमिरेको भनाइ छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोगले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त घिमिरेले भनेका थिए, ‘हामीले एक हजार ५ सय बढी उच्चपदस्थ कर्मचारी एवम् सरकारी निकायका कार्यरतको अध्ययन गरिरहेका छौँ ।’ आयोगले सेवाग्राहीको बढी भीड हुने कार्यालयमा ‘¥यापिड एक्सन टास्क फोर्स’ परिचालन गरेको छ भने अन्य संयन्त्रमार्फत समेत निगरानी गरिरहेको छ । आयोगको निरन्तर प्रयास गरिरहेको भए पनि एउटै सरकारी कार्यालयमा एउटै प्रकृतिका कर्मचारी घुससहित समातिनु र उनीहरू सेवाग्राहीप्रति जिम्मेवार नहुनुले कार्यालय प्रमुखले समेत जिम्मेवारी नलिएको र जवाफदेहिता हराएको पाइएको उनको भनाइ छ ।

‘कार्यालय प्रमुखको नियन्त्रणमा सरकारी निकाय तथा कार्यालय नरहनु सबैभन्दा ठूलो डरलाग्दो विषयका रूपमा देखिएको छ । कोही कसैप्रति जिम्मेवार नहुने प्रवृत्तिले कतै भ्रष्टाचारलाई बढावा त दिइरहेको छैन भन्ने प्रश्नसमेत अहम रूपमा उठेको छ,’ प्रमुख आयुक्त घिमिरेले भने । आयोगले आव ०७५/७६ मा कूल २ सय ५१ मुद्दा विशेष अदालतमा दर्ता गरेकोमा ८८ प्रतिशत सफलता प्राप्त भएको उनले जानकारी दिए । यस्तै, सार्वजनिक खरीद हुने कार्यालयका प्रमुख तथा सचिव बढी जिम्मेवार हुनुपर्ने भन्दै उनले जिम्मेवारीबाट पन्छन् प्रवृत्तिलाई निरुत्साहन गर्न जरुरी रहेको बताए ।

आयोगले विकास निर्माणका योजना हुने कमसल निर्माण सामग्रीको प्रयोग तथा गुणस्तर हिन निर्माणलाई निरूत्साह गर्न बर्दिवास र नेपालगञ्जमा प्रयोगशाला स्थापना गरिसकेको र अन्य स्थानमा समेत छिट्टै प्रयोगशाला स्थापना हुने जनाएको छ । विगतमा शिक्षा मन्त्रालय मातहतका निकायको उजुरी बढी हुने गरेको भए पनि पछिल्ला दिनमा स्थानीय तहमा बढी भ्रष्टाचार हुने गरेको पाइएको छ । आयोगले मंसिर १३ गते मात्रै स्थानीय तहमा भएको भ्रष्टाचारको प्रवृत्ति समेटिएको सामग्री तयार पारी संघीय, प्रदेश तथा स्थानीय सरकारलाई उपलब्ध गराइसकेको प्रमुख आयुक्त घिमिरेले बताए ।

गत वर्ष मात्रै आयोगले एक हजार ८ सय ४८ आयोजनाको विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिएको उल्लेख गर्दै उनले ती सुझावमध्ये केही कार्यान्वयनमा गएको र केही रुग्ण आयोजनाको ठेक्का सम्झौतासमेत खारेज भइसकेको बताए । नेपाल भ्रष्टाचार हुने देशको सूचीमा माथि रहनु दुःखद रहेको भन्दै उनले आगामी पाँच वर्षभित्र १० प्रतिशतले सुधार गर्ने प्रतिबद्धता गरेका छन् । ट्रान्सपरेन्सी इन्टरशनलले गरेको अध्ययनअनुसार सन् २०१८ मा नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १२४ स्थानमा रहेको छ ।

सन् २०१७ मा नेपाल १२२औँ स्थानमा रहेको थियो । प्रमुख आयुक्त घिमिरेले ‘जनताको वरिपरि सेवा कि सेवाको वरिपरि जनता भन्ने’ विषयलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेमा जोड दिए ।सार्वजनिक खरिदमा राजनीतिक नेतृत्वको अप्रत्यक्ष सहभागिता रहने गरेको र गलत काम गर्नसमेत प्रोत्साहन गर्ने परिपाटी बढिरहेको भन्दै त्यसलाई पनि नियन्त्रणको प्रयास जारी रहेको उनको भनाइ छ । आयोगले आव ०७६/७७ देखि आव ०८०/८१ सम्म सञ्चालन हुने संस्थागत रणनीतिक योजनासमेत सार्वजनिक गरेको छ ।

सो रणनीतिक योजनामा निरोधात्मक, उपचारात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासलाई जोड दिइएको छ । अख्तियारले केही दिन अघि गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ०७६ कार्यक्रममा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक आडमा हुने कुनै पनि प्रकारको भ्रष्टाचारलाई छुट नदिइने दृढता व्यक्त गरेका छन् । उनले भने, ‘जुनसुकै पद र ओहोदामा बसेको भए पनि उनीहरूले कुनै पनि प्रकारको छुट पाउनु हुँदैन । उनीहरूलाई कानुनअनुसार कारवाहीको दायरामा ल्याउनैपर्छ ।’

ठूला र साना माछाको गोश्वारा टिप्पणी हुने गरेको भन्दै उनले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याएर आयोगले व्यवहारतः नै साना र ठूलाका बीचमा रहेको भेदको खण्डन गर्नुपर्नेमा जोड दिए । उनले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्प पूरा गर्नसमेत भ्रष्टाचारको नियन्त्रण नै पहिलो सर्त भएको बताएका थिए । सदाचारी समाज निर्माणका लागि व्यक्ति, घर तथा समाजबाटै सु गर्नुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले गरिरहेको प्रयास सकारात्मक र सार्थक रहेको टिप्पणी गरेका थिए ।

आयोगले अगाडि सारेको संस्थागत रणनीतिक योजनाले पनि भ्रष्टाचार नियन्त्रणमा सघाउ पुर्याउने विश्वास गरेको बताए । यस्तै, मुख्यसचिव लोकदर्शन रेग्मीले सामाजिक विचलनमा पर्ने प्रवृत्ति समाज सुधार र विकासका लागिसमेत घातक रहेको भन्दै त्यसलाई निरुत्साहन गर्न सबैको साथ र सहयोग जरूरी रहेको बताए । उनले सरकारको संकल्प पूरा गर्ने अभियानमा आफूहरू लागेकाले पनि त्यसलाई सफल बनाउन भ्रष्ट आचरणमा नियन्त्रण हुनुपर्ने बताएका थिए । सौर्य दैनिकबाट