११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति

भिजिट भिसामा विदेश जानेलाई अध्यागमनले नरोक्ने, मानव तस्करबारे प्रहरीलाई चिन्ता

भिजिट भिसामा विदेश जानेलाई अध्यागमनले नरोक्ने, मानव तस्करबारे प्रहरीलाई चिन्ता
अ अ+ अ-

काठमाडौं । भिजिट भिसामा विदेश जानेहरूलाई अब अध्यागमन विभागले नरोक्ने भएको छ । जोखिमपूर्ण देशमा जाने महिलाहरूलाई भने शंका लागेमा रोक्न पाउने भएको छ । भिजिट भिसाको नाममा काम गर्न जाने आशंकामा अध्यागमनले फर्काउँदा घुम्न र व्यापारिक कामले विदेश जानेसमेत मर्कामा पर्दै आएका थिए । नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकार हनन भएको गुनासो बढेपछि तीन सातायता अध्यागमगनले भिजिट भिसामा जानेहरूलाई सहजै प्रस्थान अनुमति दिन थालेको छ ।

पर्यटक भिसामा विदेश जाने नाममा मानव तस्करी हुने भएकाले अध्यागमनले शंकास्पद व्यक्तिहरूलाई रोक्दै आएको थियो । तर, तोकिएअनुसार कागजपत्र बोकेका पुरुषहरूलाई अब नरोकिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । ‘तोकेअनुसार कागजपत्र बोकेको अवस्थामा भिजिट भिसामा विदेश जाने पुरुषहरूलाई अब अध्यागमनले रोक्दैन,’ उनले भने, ‘महिलाहरूको हकमा भने शंकास्पद लागेमा रोक्न सकिन्छ ।’

पासपोर्ट, भिसा, दुईतर्फी टिकट, स्पोन्सर लेटर वा एक हजार अमेरिकी डलर र होटेल बुकका कागजपत्र देखाएको अवस्थामा अध्यागमनले नरोक्ने जनाएको छ । विगतमा हरेक दिन १०–१२ जनालाई कागजपत्र हुँदा पनि शंकास्पद लागेको भन्दै अध्यागमनले फर्काउने गरेको थियो ।

गृहमन्त्रीकै निर्णयले प्रावधान हटाइयो: यससम्बन्धी धेरै गुनासो आएपछि गृहमन्त्री रामबहादुर थापा बादलले नै कागजपत्र भएका कसैलाई पनि नरोक्ने निर्णय गत २६ कात्तिकमा गरेका थिए । सोहीअनुसार सबैलाई पठाउन थालिएको हो । तर, यसले मानव तस्करी सहज बनाउन सक्ने प्रहरीको चिन्ता छ । भिजिट भिसामार्फत विभिन्न देश लगेर अलपत्र पारिएका नेपालीहरूको संख्या ठूलो छ । भिजिट भिसाको नाममा अध्यागमन कर्मचारीले सेटिङ गर्ने, कामले नै जाने पनि रोकिने र नागरिकको अधिकार हनन भएको सर्वोच्चको फैसलापछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

गत महिना अधिकृत कमल पराजुलीसहित अध्यागमनका १३ कर्मचारीलाई भिजिट भिसामा सेटिङ मिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।पूर्वलडाकु लेनिन विष्टले सर्वोच्चमा दायर गरेको रिटमा आवतजावतमा रोक्दा नागरिकको नैसर्गिक अधिकार हनन भएको भन्दै नरोक्न निर्देशनात्मक आदेश दिएको थियो । ‘त्यसपछि अब कसैलाई नरोक्ने निर्णय लिएका हौँ,’ गृह मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘यसले मानव तस्करी गर्नेलाई सहज हुन सक्छ, तर पनि हामी यस्तो निर्णय गर्न बाध्य भयौँ ।’

नौवटा देश जान लागेका महिलालाई शंकास्पद लागेमा रोकिने: विभिन्न नौवटा देश जाने महिलालाई भने शंकास्पद लागेमा अध्यागमनले फर्काउने गरेको छ । पुरुषको तुलनामा महिलाहरू बेचबिखन तथा तस्करीको उच्च जोखिममा भएकाले तोकेअनुसार कागजपत्र भए पनि सोधपुछको क्रममा शंकास्पद लागेमा रोकिने अध्यागमन विभागले जनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, कतार, ओमान, बहराइन, मलेसिया, इराक, अफगानिस्तान तथा अफ्रिकी देश जाने महिलाहरू जोखिममा पर्न सक्ने भएकाले विश्लेषणपछि मात्र प्रस्थान अनुमति दिन मन्त्रालयले अध्यागमनलाई पत्राचार गरेको छ ।

भिजिट भिसामा मानव तस्करी ठूलो समस्या बन्दै गएको छ । खाडीदेखि अफ्रिका र अमेरिकासम्म भिजिट भिसामा लगेर काम लगाइदिने भन्दै ठगी हुने गरेको छ । कतिपय महिलाहरू बेचबिखनमा परेका छन् । सोही कारण विदेश घुम्न जान सक्ने व्यक्तिजस्तो नलागेमा अध्यागमन अधिकारीहरूले फर्काउने गरेका थिए । हचुवाकै भरमा निर्णय हुँदा विवाद हुने गरेको थियो । भिजिट भिसामा विदेश जानेलाई रोक्दा–नरोक्दा दुवैतर्फ आफूहरू विवादमा पर्ने अध्यागमनका अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकबाट