१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो ।

महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो । त्यसैगरी कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का १४ वर्षीय तुसार खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ ।

प्रहरी समाचारकक्षले आज जारी गरेको समाचार ‘बुलेटिन’अनुसार धनुषाको सहिदनगर नगरपालिका–६ हरबडाका १५ वर्षीय कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।