२४ असार २०८३, बुधबार
,
Latest
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबिच भेट,जनादेशअनुसार विकासका लागि सहकार्यमा जोड



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ।

बुढानिलकण्ठस्थित सभापति लामिछानेको निजी निवासमा भएको उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकताका योजनाहरूका विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा देशको वर्तमान राजनीतिक परिस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै विकासका एजेन्डालाई अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो।

छलफलमा मधेसको समग्र विकासका लागि पूर्वाधार, रोजगारी सिर्जना तथा क्षेत्रीय सन्तुलनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको स्रोतले जनाएको छ।

साथै, पछिल्लो जनादेशअनुसार मुलुकको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन्।