४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा

निर्माण व्यवसायीको समस्या समाधानका लागि कानून नै पहिलो कडीः पूर्वमुख्यमन्त्री लामा
अ+ अ-

काठमाडाैँ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता बहादुर सिंह लामाले निर्माण व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी कानून निर्माण अत्यन्त आवश्यक रहेको बताएका छन् ।

निर्माण व्यवसायी महासंघको चुनावी माहोलबिच आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य र व्यवसायीबीच हुने सम्झौता ‘विन–विन’ अर्थात् दुवै पक्षलाई लाभ हुने किसिमको हुनुपर्नेमा जोड दिए। उनका अनुसार पछिल्लो समय इजरायल र इरानबिचको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा ठेक्का लिइसकेका व्यवसायीहरू गम्भीर आर्थिक दबाबमा परेका छन्। यस्तो अवस्था समाधान गर्न विद्यमान कानून संशोधन अपरिहार्य रहेको उनको भनाइ छ।

लामाले आफू पनि निर्माण व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा आएको स्मरण गर्दै महासंघमा सह–कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्षका रूपमा काम गरिसकेको जानकारी दिए। निर्माण व्यवसाय इन्जिनियरिङ, प्रविधि र विज्ञानसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई बुझ्ने प्राविधिक र सक्षम नेतृत्व आवश्यक रहेको उनले उल्लेख गरे।

आफू वागमती प्रदेशको आर्थिक मामिला मन्त्री तथा मुख्यमन्त्री रहँदा निर्माण व्यवसायीको समस्या समाधानमा प्राथमिकता दिएको उल्लेख गर्दै उनले कुनै पनि व्यवसायीको भुक्तानी बाँकी नराखी तीन अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको दाबी गरे। भौतिक पूर्वाधार, खानेपानी र सिँचाइ क्षेत्रका रोकिएका पुराना भुक्तानीहरू फर्स्योट गरी व्यवसायीलाई राहत प्रदान गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै उहाँले राज्यले निर्माण व्यवसायीप्रति हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। साथै व्यवसायीहरू स्वयं सक्षम, प्रविधिमैत्री र एकतावद्ध हुनुपर्नेमा जोड दिँदै कोषमा संकलित रकमलाई क्षमता अभिवृद्धि र आधुनिक प्रविधि भित्र्याउन उपयोग गर्न सुझाव दिए ।